काठमाडौं– उदयपुरमा विद्यालय भवन निर्माणका लागि भारतले ४ करोड २९ लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ।
उदयपुरको त्रियुगा नगरपालिकास्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारतले उक्त अनुदान दिने भएको हो।
त्यसका लागि संघीय मामिला मन्त्रालय, त्रियुगा नगरपालिका र भारतीय दूतावासबीच सम्झौता भएको भारतीय दूतावासले जानकारी दिएको छ।
नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत अनुमानित ४ करोड २९ लाखको विद्यालय भवन निर्माण परियोजनालाई उच्च प्रभाव सामुदायिक परियोजनाको रुपमा अघि बढाइने दूतावासको भनाइ छ।