आइतबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • दाहाल भन्छन्, अदालतबाट भएको राजनीतिक निर्णय सच्चिनेछ 

दाहाल भन्छन्, अदालतबाट भएको राजनीतिक निर्णय सच्चिनेछ 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रिट निवेदकको माग बाहिर गएर गरेको निर्णय अदालतबाट सच्चिने विश्वास व्यक्त गरेका छन्।
 |  मंगलबार, चैत १७, २०७७

बीपी अनमोल

बीपी अनमोल

मंगलबार, चैत १७, २०७७

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रिट निवेदकको माग बाहिर गएर गरेको निर्णय अदालतबाट सच्चिने विश्वास व्यक्त गरेका छन्।

नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रुपमा फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनका लागि मंगलबार निवेदन दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले अदालतबाट भएको निर्णय सच्चिने विश्वास व्यक्त गरेका हुन्। 
उनले भने, ‘एकता भइसकेको दललाई विभाजित गर्ने राजनीतिक निर्णय अदालतबाट भएको छ, अदालतले यसलाई सच्याउनेमा हामी विश्वस्त छौं।’ 

आफूले नेतृत्व गरेको नेकपा आधिकारिक हुनुपर्ने मागसहित ऋषि कट्टेलले दिएको निवेदन उपर निर्णय गर्दै सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएको थियो। 

अदालतको यस्तो निर्णयसँगै एकीकृत बनेको दल नेकपाका दुई घटक एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किएका थिए।

दाहालले भने, ‘नामसम्बन्धी मुद्दा परेको थियो। रिट निवेदकले पार्टी एकता टुटोस् भन्ने चाहना राखेका थिएनन्। नाम मात्र सच्चियोस् भन्ने माग थियो। रिट निवेदकको मागभन्दा बाहिर गएर गरेको निर्णय अदालतले सच्याउनेछ।’ 

उनले अदालतबाट ढिला नगरी पुनरवलोकन भएर यथार्थ निर्णय बाहिर आउने पनि बताए। 

उनले विगतमा पनि अदालतबाट भएका कतिपय फैसलामा पुनरवलोकन हुँदै आएको बताए।

दाहालले भने, '२३ गतेको पार्टीको नामसम्बन्धी फैसला  अस्वाभाविक, राजनीतिक प्रकृतिको छ भनेर हामीले भन्दै आएका छौं।’

पुनरवलोकनका लागि निवेदन दिन अध्यक्ष दाहाल प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता देव गुरुङ, वरिष्ठ अधिवक्ता शम्भु श्रेष्ठलगायत सर्वोच्च पुगेका थिए। 

प्रकाशित: Mar 30, 2021| 07:06 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।