आइतबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • खनाल नेतृत्वमा नेपाल समूहका सांसद बालुवाटारमा, एमाले संसदीय दलको बैठक सुरु

खनाल नेतृत्वमा नेपाल समूहका सांसद बालुवाटारमा, एमाले संसदीय दलको बैठक सुरु

नेकपा संसदीय दलको बैठक बालुवाटारमा सुरु भएको छ।
 |  शुक्रबार, चैत १३, २०७७

बीपी अनमोल

बीपी अनमोल

शुक्रबार, चैत १३, २०७७

काठमाडौं– नेकपा संसदीय दलको बैठक बालुवाटारमा सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावल सहभागी छैनन्।

 नेपाल समूहबाट अर्का वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा सांसदहरु बालुवाटार गएका छन्। 

नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठकले संसदीय दलको बैठकमा भाग लिएर आफ्ना कुरा राख्ने निर्णय गरेको थियो। 

बैठकले पार्टीभित्रै बसेर पार्टीलाई शुद्ध, गतिशील तथा विधि र पद्धतिमा चलाउन दबाब दिने निर्णय गरेपछि सोहीअनुसार सांसदहरु ओलीले डाकेको बैठकमा सहभागी भएका हुन्। 
 

प्रकाशित: Mar 26, 2021| 10:12 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।