आइतबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • माधव–झलनाथलाई कारबाही गर्ने चेतावनी दिँदै प्रधानमन्त्री ओलीले भने- सभामुख सरकारविरोधी ‘सेटिङ’ मा छन्

माधव–झलनाथलाई कारबाही गर्ने चेतावनी दिँदै प्रधानमन्त्री ओलीले भने- सभामुख सरकारविरोधी ‘सेटिङ’ मा छन्

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई कारबाही गर्ने चेतावनी दिएका छन्। 
 |  शनिबार, चैत ७, २०७७

बीपी अनमोल

बीपी अनमोल

शनिबार, चैत ७, २०७७

काठमाडौं – प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई कारबाही गर्ने चेतावनी दिएका छन्। 

आज बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले आत्मआलोचना गरे सोच्न सकिने नत्र कारबाही प्रक्रिया अगाडि बढाउने बताएका हुन्। 

‘पार्टी र सरकारको बदनाम गर्ने नियतले भएको त्यस्तो भेला नगर्न निर्देशन दिँदादिँदै भेला गरियो,’ उनले भने, ‘निर्लज्जापूर्वक कम्युनिस्ट अन्दोलनकै इतिहासमा कलंकको रूपमा चिनिएको भेलाका आयोजक अगुवालाई स्पष्टीकरण सोधिनेछ। सच्चिएर आत्मआलोचना गरे सोच्न सकिने छ नत्र कारबाही अगाडि बढाइने छ।’ 

अध्यक्ष ओलीले सभामुख सरकारविरोधी ‘सेटिङ’ मा रहेको आरोप लगाएका छन्। 

‘हिजो सदन चलेको होइन, भाषण चलेको हो,’ उनले भने, ‘सभामुख सदन सरकारविरुद्ध प्रयोग गर्न सिपालु छन्।’ 

उनले राजीनामा माग्नेहरूलाई आफू मन नपरेको हो भने अविश्वासको प्रस्ताव ल्याउन चुनौती पनि दिएका छन्। 

यस्तै सरकारले सदनलाई बिजनेस दिएन भन्नु गलत भएको उनको भनाइ छ। 

‘अध्यादेश र विधेकहरू प्रशस्त पठाएका छौं,’ उनले भने। 

यसैबीच उनले नेता वामदेव गौतमलाई स्वागत गरेका छन्। ‘ त्यस्ता अराजक र गुटबाजलाई समेटेर पार्टी एकता गर्न वामदेव कमरेड निकै लाग्नु भयो,’ उनले भने, ‘सायद थाक्नु भयो, अब ढुक्क भएर यो आन्दोलन बलियो बनाउन लाग्नुस्।

प्रकाशित: Mar 20, 2021| 07:01 शनिबार, चैत ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।