आइतबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • माधव–झलनाथ पक्षले राष्ट्रिय भेला नरोक्ने, ओलीसँग संवाद जारी राख्ने

माधव–झलनाथ पक्षले राष्ट्रिय भेला नरोक्ने, ओलीसँग संवाद जारी राख्ने

नेकपा एमालेको माधव–झलनाथ पक्षले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ।
 |  सोमबार, चैत २, २०७७

बीपी अनमोल

बीपी अनमोल

सोमबार, चैत २, २०७७

काठमाडौं– नेकपा एमालेको माधव–झलनाथ पक्षले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार भएको छलफलपछि केन्द्रीय सदस्य र सांसदहरूलाई जानकारी दिन नयाँबानेश्वरस्थित अर्याल होटलमा भएको छलफलमा भेला नरोक्ने निर्णय गरेको हो। 

यो समूहले सहमतिका लागि नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग वार्ता जारी राख्ने भएको छ।

‘आज बिहान अध्यक्ष एवम् प्रधानमन्त्रीसँग भएको छलफलका बारेमा ब्रिफिङ भएको हो,’ सहभागी  सांसद डा‌. दीपकप्रकाश भट्टले भने, ‘चैत ४ र ५ गते बोलाएको भेला अहिले नरोक्ने निर्णय भएको छ।’

उनका अनुसार पार्टीभित्र देखिएको विवाद समाधानका लागि अध्यक्षसँग वार्ता पनि गर्दै जाने निष्कर्ष निकालिएको छ।

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् रुपमै फर्किएका छन्।

यही बीचमा अध्यक्ष ओलीले फागुन २८ गते विशेष बैठक भन्दै निर्वाचित पदाधिकारी खारेज गरी २३ जना केन्द्रीय सदस्य थप गरेपछि एमालेभित्र विवाद चुलिएको छ। 

प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव–झलनाथ पक्षबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल भए पनि ठोस सहमति भने हुन सकेन।

माधव–झलनाथ पक्षले फागुन २८ को निर्णय रद्द गर्नुपर्ने माग राखेको थियो। तर, अध्यक्ष ओली त्यसमा सकारात्मक नबनेपछि निष्कर्ष निस्कन नसकेको हो।

प्रकाशित: Mar 15, 2021| 11:52 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।