शनिबार, जेठ ४, २०८२

आईपीओ आवेदनमा नयाँ रेकर्ड

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदनको नयाँ रेकर्ड कायम भएको छ।
 |  बिहीबार, फागुन २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २७, २०७७

काठमाडौं– ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदनको नयाँ रेकर्ड कायम भएको छ। उक्त कम्पनीको आईपीओका लागि १८ लाखभन्दा बढीले आवेदन दिएका छन्।

उक्त इन्स्योरेन्सको आईपीओमा १८ लाख ४ हजार ६४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता आईपीओ खरिदको लागि आवेदन परेको छ। यो संख्या सर्वसाधारणलाई निष्काशनमा ल्याएको ५९ लाख ४० हजार कित्ताको करिब साढे ६ गुणा बढी हो।

कम्पनीले फागुन २१ गतेदेखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता सेयर निष्काशनमा ल्याएको छ।

त्यसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो।

हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। सर्वसाधारणलाई आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित: Mar 11, 2021| 02:47 बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्