काठमाडौं– अध्यागमन विभागले ४० वर्षमुनिका महिला एक्लै विदेश जाँदा परिवार र वडाको सिफारिस चाहिने निर्णय गर्न लागेको विरोधमा सरोकारवालाहरुले विभाग कार्यालयअगाडि प्रदर्शन गरेका छन्।
विभागले भने आन्तरिक छानबिन कार्यदलबाट सुझाव आएको तर हालसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ।
विभागले जारी गरेको विज्ञप्तिमा खाडी र अफ्रिकी मुलुकजस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलोपटक एक्लै यात्रा गर्ने महिलाको लागि सिफारिस आवश्यक पर्ने सुझाव आएको उल्लेख गरिएको छ।
त्यस्तै, आफ्नो यात्राबारे सामान्य जानकारीसमेत नभएका महिलाको लागि परिवार र वडाको सिफारिस आवश्यक पर्न सक्ने आन्तरिक छानबिन कार्यदलले सुझाव दिएको पनि विभागले जनाएको छ।