शनिबार, जेठ ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • 'रिस्क नलिनुस्' भन्दै सुरक्षाकर्मीले नै रोके सवारीसाधन

'रिस्क नलिनुस्' भन्दै सुरक्षाकर्मीले नै रोके सवारीसाधन

हिजो बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर निर्धक्क रुपमा सवारीसाधन चलाउन र आफ्नो पेशा व्यवसाय गर्न आग्रह गरेको थियो।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहले आह्वान गरेको आमहडतालका कारण देशभरको जनजीवन प्रभावित भएको छ। 

बन्दकर्ताहरुले बिहानैदेखि सडकमा उत्रेर सवारीसाधन सञ्चालनमा अवरोध गर्नुका साथै पसल–व्यवसाय बन्द गर्न अनुरोध गरिरहेका छन्।

चोकचोकमा झण्डा लिएर बसेका कार्यकर्ताले सवारीसाधन रोकेर फर्काउने काम गरिरहेका छन्। नेकपाले काठमाडौं उपत्यकामा बन्द प्रभावकारी बनाउन केन्द्रीय नेताहरुलाई नै खटाएको छ। 

नेकपाले हिजो बुधबारमात्रै हडताल घोषणा गरेको हो। हिजो नै गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर निर्धक्क रुपमा आफ्नो पेशा व्यवसाय गर्न आग्रह गरेको थियो।

दैनिक रूपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने हुँदा यातायात व्यवसायीलगायत सबै उद्यमी व्यवसायीहरुलाई निर्धक्क एवम् पूर्ववत् रूपमा आ–आफ्नो उद्योगधन्दा पेशा व्यवसाय सञ्चालन गर्न मन्त्रालयले अनुरोध गरेको थियो।

मन्त्रालयले यस्तो अनुरोध गरे पनि सडकमा सुरक्षा व्यवस्था भने प्रभावकारी देखिएन। सुरक्षाकर्मी नै सवारीसाधन रोकेर फर्काइरहेका छन्। 

पूर्वबाट काठमाडौं छिर्ने नाका जडिबुटीमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। उनीहरुले सबै सवारीसाधन रोकेर ‘रिस्क लिएर नजानुस्, फर्किनुस्’ फर्काइरहेका थिए। प्रेस तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधन भने निर्वाध रुपमा काठमाडौं प्रवेश गरिरहेका छन्। 

प्रकाशित: Feb 04, 2021| 05:13 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।