काठमाडौं– संविधानको हत्या भएको भन्दै ‘मलामी प्रदर्शन’ गर्ने नेवि संघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले संविधानको हत्या गरेको भन्दै मंगलबार उनीहरुले सांकेतिक रुपमा मलामी जाने कार्यक्रम आयोजना गरेका हुन्।
प्रदर्शनका लागि भेला भएका केही कार्यकर्ताले कपालसमेत खौरिएका थिए।
यसअघि गत बुधबार पनि नेवि संघले मलामी प्रदर्शन गरेको थियो।
तस्बिरहरू : दिनेश श्रेष्ठ