काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधीमा देशभरबाट थप ४०० जना संक्रमणमुक्त भएका छन्।
काठमाडौँ उपत्यकामा १७७ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५०८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षण गरिएको छ।
योसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ। कोरोनामुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ छ। क्वारेनटिनमा २२१ जना छन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९५९ पुगेको छ। आइसीयुमा १५७ र भेन्टिलेटरमा ३९ जना उपचाररत छन्।