सिंहदबारअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा चढाउन पुगेका सर्वसाधारण र प्रहरीबीच सोमबार झडप भएको छ। समूहसमूहमा रहेको भीड एकैचोटि त्यहाँ पुगेपछि नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो।
केही बेरमा स्थिति नियन्त्रणमा लिइएपछि अहिले त्यहाँ पुष्पगुच्छा चढाउने क्रम जारी छ। आज साेमबार २९९ औं पृथ्वी जयन्ती हो। विगतमा सरकारले सार्वजनिक बिदा दिएर पृथ्वी जयन्ती मनाउने गरे पनि केही वर्षदेखि सरकारका तर्फबाट मनाउन छाडिएको छ।
विभिन्न दल, संघसंगठन र सर्वसाधारणले भने नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको जयन्ती मनाउँदै आएका छन्।
तस्बिरहरूः दिनेश श्रेष्ठ