शनिबार, जेठ २५, २०८२

बसबाट सबै ओर्लिए, राजकुमार अब कहिल्यै नओर्लिने भए...

थापाको साथमा रहेको कागजपत्र हेर्दा किड्नी हस्पिटलको पुर्जा फेला परेको प्रहरी निरीक्षक कुन्दन देवले बताएका छन्। 
 |  आइतबार, पुस २६, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

आइतबार, पुस २६, २०७७

विराटनगर– विराटनगर बसपार्कमा आइतबार बिहान एउटा बसबाट सबै यात्रु ओर्लिए। 

झापाको केर्खाबाट आएको जनसेवा यातायातको मे१ख ३३३३ बसका यात्रु ओर्लिएर गन्तव्यतर्फ लागिसक्दा पनि एक यात्रु भने नओर्लिएपछि सहचालकले  बाेलाए, ‘दाजु विराटनगर आइसक्यो।’ 

तर सिटमा बसिरहेका राजकुमार थापा बोलेनन्। न त हलचल नै गरे।

चालक प्रशान्त प्रसाईले पनि उनलाई उत्रन अनुरोध गरे। कुनै प्रतिक्रिया देखिएन।  त्यसपछि दुवै जना ती थापा बसेको सिट नजिकै गए। उनको मृत्यु भइसकेको रहेछ।

त्यसपछि गाडीका चालकसहचालक आश्चर्यमा परे। अनि प्रहरीलाई खबर गरिएको प्रसाईले बताए। 

थापाको साथमा रहेको कागजपत्र हेर्दा किड्नी हस्पिटलको पुर्जा फेला परेको प्रहरी निरीक्षक कुन्दन देवले बताएका छन्। 

शव पोस्टमार्टमका लागि कोसी अस्पताल लैजाने तयारी गरिएको छ। उनको पूरा ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 10, 2021| 05:32 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।