शनिबार, जेठ ४, २०८२

नेकपाको अध्यक्षमा माधव नेपाल

सत्तारुढ दल नेकपाको दाहाल–नेपाल समूहले पार्टी अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको छ।
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाको दाहाल–नेपाल समूहले पार्टी अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको छ।

बबरमहलस्थित एक पार्टी प्यालेसमा बसेका उक्त समूहको केन्द्रीय कमिटी बैठकले नेपाललाई अध्यक्षमा चयन गरेको हो।

नेपाललाई अध्यक्ष बनाउन वरिष्ठ नेता झलनाथ खनालले प्रस्ताव गरेका थिए।

यसअघि स्थायी कमिटी सदस्य भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव गरेका थिए। ओलीलाई आजकै मितिबाट अध्यक्ष पदबाट बर्खास्त गर्ने निर्णय बैठकले गरेको छ।

बैठकमा नेकपाका ४४१ मध्ये ३१५ जना केन्द्रीय सदस्य उपस्थित थिए। 

नवनिर्वाचित अध्यक्ष नेपाललाई पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बधाई दिएका छन्। अब आफूहरु पार्टी विधानको मर्म र भावनाअनुसार अघि बढ्ने दाहालले बताए। 

बैठकले स्थायी कमिटी सदस्यमा कृष्णबहादुर महरालाई निर्वाचित गरेको छ। 

बैठक पर्सी बिहीबारसम्मका लागि स्थगित भएको छ। 

प्रकाशित: Dec 22, 2020| 11:32 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।