शनिबार, जेठ ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • वादी समुदायको माछा मार्ने र मादल बनाउने पेशा लोप हुँदै 

वादी समुदायको माछा मार्ने र मादल बनाउने पेशा लोप हुँदै 

मादल बनाउनु वादी समुदायको परम्परागत पेशा हो। पछिल्लो समय प्रविधिको विकाससँग माग घटेपछि यो पेशा लोप हुँदै गएको छ। 
 |  बुधबार, कात्तिक १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १२, २०७७

तुलसीपुर- मादल बनाउनु वादी समुदायको परम्परागत पेशा हो। पछिल्लो समय प्रविधिको विकाससँग माग घटेपछि यो पेशा लोप हुँदै गएको छ। 

नयाँ पुस्ताले पुख्र्यौली पेशामा रुची नराख्दा पनि यो पेशा संकटमा पर्दै गएको हो।

यस्तै वादी समुदायले अंगालेको अर्को  पेशा  माछा मार्ने हो। यो पनि पछिल्लो समय धरापमा परेको तुलसीपुर ४ निवासी गेहेन्द्र वादीले गुनासो गरे। 

'मादल पनि विक्न छोडेपछि हामीले माछा मार्ने पेशालाई जोड दिएका थियौ,' उनले भने, 'तर अहिले यो पेशा पनि धरापमा छ।' 

नदी तथा खोलाहरुमा करेन्ट लगाएर, वीष हालेर सबै माछा मार्ने क्रम बढेपछि आफुहरुको यो पेशा पनि संकटमा परेको उनको भनाइ छ। 

जाल, बल्छिको प्रयोग गरेर माछा मार्ने गरेको भएपनि बजारबाट आएर करेन्ट आदि प्रयोग गरेर माछा मार्दा समस्या हुने गरेको उनीहरुको भनाइ छ।

पाँच वर्ष पहिले दैनिक पाँच किलो बढी माछा मार्ने गरेका वादी समुदायलाई अहिले एक किलो माछा मार्न पनि धौ–धौ पर्ने गरेको तुलसीपुर उपमहानगरपालिका ७ नयाँबस्तिका धनराज वादीले बताए।

मादल बनाउने र माछा मारेर दुवै पेशा धराममा परेपछि अहिले वादी समुदायलाई दैनिकी चलाउन समस्या हुने गरेको छ। 

'बिगतमा माछा मारेर, मादल बनाएर दैनिकी चलाउने गरेका थियौँ,' उनले भने, 'तर, पछिल्लो समय यी दुवै पेशाबाट दैनिकी चलाउन सक्ने अवस्था छैन्।' 

यस्तो अवस्थामा सरकारले यो समुदायको रोजगारीको व्यवस्थापन गर्नतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ। दाङमा चार हजार बढी वादी समुदायको बसोबास छ ।

प्रकाशित: Oct 28, 2020| 03:44 बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।