मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • वीरगन्ज : तीन दिनको निगरानीपछि १९ करोड रुपैयाँ बराबरको सुन बरामद

वीरगन्ज : तीन दिनको निगरानीपछि १९ करोड रुपैयाँ बराबरको सुन बरामद

प्रहरीले शनिबार वीरगन्ज महानगरपालिका- ५ रेशमकोठीस्थित एक एपार्टमेन्टबाट २३ किलो २५७ ग्राम सुन र दुई किलो २६२ ग्राम चाँदी बरामद गरेको छ। 
 |  शनिबार, कात्तिक १, २०७७

जियालाल साह

जियालाल साह

शनिबार, कात्तिक १, २०७७

पर्सा- प्रहरीले शनिबार वीरगन्ज महानगरपालिका- ५ रेशमकोठीस्थित एक एपार्टमेन्टबाट २३ किलो २५७ ग्राम सुन र दुई किलो २६२ ग्राम चाँदी बरामद गरेको छ। 

विशेष सूचनाका आधारमा श्रीगणेश एपार्टमेन्टको तेस्रो तलाको ३०३ नम्बरको फ्ल्याटबाट उक्त परिमाणको सुनचाँदी बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ। 

उक्त फ्ल्याटमा भारत पूर्वी चम्पारण हरैया निवासी अशोक सिन्हा बस्दै आएका थिए। उनी के काम गर्थे भन्ने बारे प्रहरीले केही बताएको छैन। प्रहरीले सुन कसको हो भन्ने पनि पहिचान गर्न सकेको छैन।

अपार्टमेन्टमा बिहीबारदेखि नै निगरानी बढाइएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।  प्रहरीले अवैध रुपमा सुनचाँदी कारोबार गर्ने गरेको सूचनाका आधारमा निरन्तर निगरानी गरिरहेको थियो। 

सोही क्रममा जनप्रतिनिधिको रोहबरमा शनिबार छापा मारी सुनचाँदी बरामद गरिएको हो। पन्तले भनिन्, 'तीन दिन बितिसक्दा पनि ती व्यक्ति आफ्नो फ्ल्याटमा नआएपछि छापा मारेका हौं।' 

कोठाभित्र खानतलासी गर्दा एक केजी दरका १३ वटा सुनका बिस्कुट, मझौला खालका ४६ टुक्रा सुन आठ केजी ५७६ ग्राम, १०० ग्रामको साना बिस्कुट एक केजी र विभिन्न गरगहना ६८१ ग्राम बरामद गरिएको पन्तले बताइन्। 

यस्तै कोठाबाट प्रहरीले विभिन्न गरगहना, थाललगायतका भाँडा गरी दुई केजी २६२ ग्राम चाँदी बरामद गरेको छ।

सुनचाँदी व्यवसायी संघका अध्यक्ष निरज सरार्फले आजको मूल्यअनुसार बरामद सुनको नेपाली मूल्य १८ करोड ९२ लाख १८ हजार ९५२ रुपैयाँ र चाँदीको मूल्य दुई लाख ३० हजार ९२७ रुपैयाँ पर्ने बताए।

सम्बन्धित समाचार

पर्सामा भारतीय नागरिकको घरमा प्रहरीको छापा, २२ किलो सुन बरामद

 

प्रकाशित: Oct 17, 2020| 10:42 शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।