दीपक केसी
लुम्बिनी प्रदेशको राजधानी तोकिएपछि दाङको देउखुरीमा खुसियाली मनाइएको छ।
स्थानीय बासिन्दाले दाङको भालुवाङचोकमा भेला भएर खुसियाली मनाएका हुन्। उनीहरूले लुम्बिनी प्रदेशको राजधानी तोकिएपछि अब यस क्षेत्रको भौतिक पूर्वाधारको विकास हुने बताएका छन्।
प्रदेश ५ को प्रदेश सभामा मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी उपत्यका तोकिएको थियो।