मंगलबार, असार ३, २०८२

ओकसमा अन्य मुलुकलाई सहभागी नगराउने अमरिकाको स्पष्टिकरण

संयुक्त राज्य अमेरिकाले ओकस गठबन्धन (अस्ट्रेलिया, बेलायत र अमेरिका) मा अन्य कुनै पनि मुलुकलाई सहभागी नगराउने स्पष्ट पारेको छ।
 |  बिहीबार, असोज ७, २०७८

बीबीसी

बीबीसी

बिहीबार, असोज ७, २०७८

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले ओकस गठबन्धन (अस्ट्रेलिया, बेलायत र अमेरिका) मा अन्य कुनै पनि मुलुकलाई सहभागी नगराउने स्पष्ट पारेको छ। 

हिन्द-प्रशान्त क्षेत्रमा चिनियाँ प्रभावलाई काउन्टर गर्नका लागि गरिएको रक्षा सम्झौतामा जापानलाई पनि सहभागी नगराइने स्पष्ट पारिएको हो। 

सेप्टेम्बर १५ मा अमेरिकी राष्ट्रपति जो बाइडेन, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले त्रिपक्षीय सुरक्षा गठबन्धन ओकसको घोषणा गरेका थिए। यस सम्झौता अन्तर्गत नै अस्ट्रेलियालाई परमाणुबाट निर्मित पनडुब्बी बनाउनका लागि सहयोग गरिने भएको छ। 

ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बुधबार भने, 'गत साता भएको ओकस सम्झौतामा अन्य मुलुकहरुलाई पनि सहभागी गराउने विषयमा केही उल्लेख छैन र त्यस्तो कुनै संकेत पनि छैन।' 

राष्ट्रपति बाइडेनले यो सन्देश फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनलाई पनि पठाएको पाइएको छ। उनले हिन्द प्रशान्त क्षेत्रको सुरक्षामा अन्य कुनै पनि मुलुकलाई सामेल नगराइने बाइडेनले स्पष्ट पारेका हुन्। 

उक्त सम्झौताप्रति चीन र फ्रान्सले आपत्ति जनाएका छन्। 

प्रकाशित: Sep 23, 2021| 23:55 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।