सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • संविधानको रक्षा गर्दै अगाडि बढौंः पूर्वप्रधानमन्त्री खनाल

संविधानको रक्षा गर्दै अगाडि बढौंः पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न आह्वान गरेका छन।
 |  शनिबार, असोज ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३, २०७७

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न आह्वान गरेका छन।

संविधान दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उन्ले अथक संघर्षबाट प्राप्त लोकतान्त्रिक, समावेशी र समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आग्रह गरेका हुन।

संविधान दिवसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा दिने उनले सन्देशमा उल्लेख गरेका छन्।

‘सात दशक लामो जनताको अथक संघर्ष, त्याग र बलिदानको परिणामस्वरूप हामीले सामन्तवादको प्रतीकको रुपमा रहेको राजतन्त्रलाई सदाको लागि अन्त्य गर्दै यस संविधानमार्फत सघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेका छौँ,’ उनले सन्देशमा भनेका छन्, ‘यस संविधानमार्फत नागरिक स्वतन्त्रता, मानवअधिकार, मौलिक अधिकार, पूर्ण प्रेस स्वतन्त्रता जस्ता आधारभूत अधिकार सुनिश्चित गरेका छौँ ।’

संविधानकै अनुसार समावेशी ढंगको निर्वाचन प्रणालीमार्फत केन्द्रीय, प्रदेश र स्थानीय तहहरुको निर्वाचन गरी सरकार गठन गरेर देशमा राजनीतिक स्थिरता कायम भएको पनि उनले उल्लेख गरेका छन ।

‘मुलुक विकास निर्माण, अग्रगति, प्रगति र समृद्धिको दिशातर्फ अघि बढेको छ र हामीहरु समाजवादतिर अघि बढ्न कृतसंकल्पित छौँ,’खनालले भनेका छन्।
रासस

प्रकाशित: Sep 19, 2020| 05:50 शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।