मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तान : अज्ञात बन्दुकधारीद्वारा तालिबानी लडाकूमाथि आक्रमण, ३ जनाको मृत्यु

अफगानिस्तान : अज्ञात बन्दुकधारीद्वारा तालिबानी लडाकूमाथि आक्रमण, ३ जनाको मृत्यु

अफगानिस्तानमा अज्ञात बन्दुकधारीहरुले तालिबानि लडाकूलाई लक्षित गर्दै आक्रमण गरेका छन्। बन्दुकधारीले चलाएको गोली लागेर दुई तालिबानी लडाकूसहित तीनजनाको मृत्यु भएको छ।
 |  बुधबार, असोज ६, २०७८

बीबीसी

बीबीसी

बुधबार, असोज ६, २०७८

काबुल- अफगानिस्तानमा अज्ञात बन्दुकधारीहरुले तालिबानि लडाकूलाई लक्षित गर्दै आक्रमण गरेका छन्। बन्दुकधारीले चलाएको गोली लागेर दुई तालिबानी लडाकूसहित तीनजनाको मृत्यु भएको छ। 

अगस्त १५ मा तालिबानले अफगानिस्तानमा कब्जा गरिसकेपछि भएको यो पछिल्लो घटना हो। अफगानिस्तानको जलालबादस्थित एक तालिबानी चौकी नजिकै रहेको गाडीमाथि गोलाबारी गरेका थिए। उक्त गाडीमा तालिबानी लडाकू भएको पाइएको छ। 

तालिबानी अधिकारीहरुले तालिबानी लडाकू नमारिएको दाबी गरेको छ। तालिबानी अधिकारीहरुले मारिनेमा सबै सर्वसाधारण भएको बताएको छ। तर, स्थानीयका अनुसार दुई तालिबानी लडाकू पनि रहेको बताइएको छ। 

जलालबादमा इस्लामिक चरमपन्थी संगठन इस्लामिक स्टेटको दबदबा रहेको छ। अफगानिस्तानमा नियन्त्रण कायम गरेपछि तालिबानी लडाकूमाथिको आक्रमण बढ्दो छ। 

यसअघि भएका दुई बम हमलामा पनि आफ्नो हात रहेको आईएसले गत शनिबार बताएको थियो। जसमा एक बम हमलमा दुई जना मारिएका थिए भने अर्को काबुलमा विस्फोट गराइएको थियो।


प्रकाशित: Sep 22, 2021| 22:50 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।