मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • लुथिनियाका रक्षामन्त्रीले भने - चिनियाँ फोनमा सेन्सर सफ्टवेयर छ, फालिदिनुस्

लुथिनियाका रक्षामन्त्रीले भने - चिनियाँ फोनमा सेन्सर सफ्टवेयर छ, फालिदिनुस्

लुथिनियाका रक्षामन्त्री आर्भ्यदास एनुसाउसकसले उपभोक्ताहरुलाई चिनियाँ कम्पनीका मोबाइल फोनहरु प्रयोग नगर्न आग्रह गरेका छन्।
 |  बुधबार, असोज ६, २०७८

बीबीसी

बीबीसी

बुधबार, असोज ६, २०७८

भिल्नियस- लुथिनियाका रक्षामन्त्री आर्भ्यदास एनुसाउसकसले उपभोक्ताहरुलाई चिनियाँ कम्पनीका मोबाइल फोनहरु प्रयोग नगर्न आग्रह गरेका छन्। 

युरोपियन देश लिथुनियाका रक्षामन्त्रीले बुधबार उपभोक्ताहरुलाई सुरक्षाको कारण देखाउँदै चिनियाँ फोन फालिदिन र नयाँ खरिद नगर्न आग्रह गरेका हुन्। 

लिथुनियाको राष्ट्रिय साबइर सुरक्षा केन्द्रले चिनियाँ निर्मताहरुले उत्पादन गरेका ५जी मोबाइल फोनको परीक्षणपछि रक्षा मन्त्रालयलाई एक प्रतिवेदन पेश गरेको छ। 

उक्त प्रतिवेदनमा शियोमीका एउटा फोनमा बिल्ट-इन सेन्सरशिप टुल रहेको पाइएको थियो। त्यसैगरि हुवावेको एक मोडलमा पनि साइबर आक्रमणबाट जोगाउने क्षमता नभएको पाइएको थियो। 

यसरी चिनियाँ मोबाइल फोन प्रयोगमा रोक लगाइएमा लिथुनियाका प्रयोगकर्ताहरुको डाटा अरुले चोरी गर्ने सम्भावना नभएको उनले बताएका थिए। 

लिथुनियाका रक्षा उपमन्त्री मार्गिरिस अबुकेविसियसले पनि नयाँ चिनियाँ फोन खरिद नगर्न आग्रह गर्दछौं। त्यसैगरि उनले खरिद गरेका चिनियाँ फोनबाट पनि चाँडै छुटकारा पाउन पनि आग्रह गरेका हुन्। 

शियोमीको एमआई१०टीमा सेन्सर गर्ने एक सफ्टवेयर पनि राखिएको पाइएको हो। उक्त मोबाइल फोनमा 'फ्रि तिब्बत', 'ताइवान जिन्दावाद', 'लोकतान्त्रिक आन्दोलन' लेख्‍न नसकिने बनाइएको छ। उक्त फोनमा यस्ता ४४९ शब्दावलीहरु सेन्सर गरिएको पाइएको हो। 

शियोमी मोबाइलले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन। 



प्रकाशित: Sep 22, 2021| 22:00 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।