शुक्रबार, जेठ १०, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कार्यविधिबिना सभामुखको राजनीतिक सल्लाहकार नियुक्त, मासिक एक लाख पारिश्रमिक

कार्यविधिबिना सभामुखको राजनीतिक सल्लाहकार नियुक्त, मासिक एक लाख पारिश्रमिक

प्रदेश २ का सभामुख सरोज कुमार यादवले बिना कार्यविधि राजनीतिक सल्लाहकारको नियुक्ति गरेको पाइएको छ।
 |  बुधबार, असोज ६, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बुधबार, असोज ६, २०७८

जनकपुरधाम- प्रदेश २ का सभामुख सरोज कुमार यादवले बिना कार्यविधि राजनीतिक सल्लाहकारको नियुक्ति गरेको पाइएको छ।

प्रदेशसभा सचिवालयको दरबन्दीमा राजनीतिक सल्लाहकारको व्यवस्था नरहेको अवस्थामा सभामुख यादवले अधिकृतस्तर ११ औं तहको पारिश्रमिक पाउने शर्तमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल महासेठलाई राजनीतिक सल्लाहकारको नियुक्ति दिइएको थियो।

राजनीतिक सल्लाहकारको रुपमा महासेठले गरी पाँच लाख एक हजार रुपैयाँ पारिश्रमिकको रुपमा समेत बुझिसकेका छन्।

धनुषा निर्वाचन क्षेत्र नम्बर-३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोका ज्वाँइ अनिल महासेठलाई कार्यविधि विपरीत राजनीतिक सल्लाहकारमा नियुक्त गरी पाँच महिनामै पाँच लाख रुपैयाँ पारिश्रमिक सुविधा उपलब्ध गराइएको हो।

सभामुख यादवको राजनीतिक सल्लाहकारमा नियुक्त महासेठले गाडी सुविधासहित प्रदेशसभाबाट मासिक एक लाखका दरले २०७६ माघ १५ देखि २०७७ आसार १५ सम्म कुल पाँच लाख एक हजार रुपैयाँ बुझेका हुन्।

सचिवालय व्यवस्थापन तथा सञ्‍चालक समितिको २०७६ माघ १५ गतेको निर्णयले महासेठलाई सल्लाहकारमा नियुक्त गर्दा मासिक ५० हजार ६ सय र गाडी सुविधावापत तलबको ८० प्रतिशत गरी कानुनविपरीत कुल एक लाख रुपैयाँ निर्धारण गरिएको थियो। 

कार्यालयको कार्यप्रकृति अनुसार सभामुख, उपसभामुख तथा अन्य प्रदेशसभा सदस्यहरुले पाउने सेवा सुविधामा कानुनी तथा राजनीतिक सल्लाहकार राख्‍न पाउने व्यवस्था नै नरहेको अवस्थामा राजनीतिक पहुँचको आधारमा कानुनलाई मिच्दै लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका राजेन्द्र महतोका आफ्ना ज्वाइँलाई सभामुख यादवको सल्लाहकार बनाएका हुन्।

 महासेठलाई राजनीतिक सल्लाहकारमा नियुक्ति गर्दा सञ्‍चालन कार्य र सेवा अवधि समेत खुलाइ सम्झौता गर्नुपर्नेमा त्यस्तो कुनै प्रक्रिया पूरा नगरिएको देखिएको हो ।


प्रकाशित: Sep 22, 2021| 16:43 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।