सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • लामो दूरीको सार्वजनिक यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखुल्ने

लामो दूरीको सार्वजनिक यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखुल्ने

 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

काठमाडौं– सरकारले भदौ मसान्तसम्म लामो दूरीका यातायातका साधन, आन्तरिक हवाई उडान र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ।

यसअघि सरकारले १५ भदौसम्मका लागि लामो दूरीका यातायातका साधन र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो।

कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै तत्कालका लागि यातायात र शिक्षण संस्था नखोल्ने निर्णय सरकारले गरेको हो।

मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि अहिले लागू गरिएका निर्णयलाई थप कडाइ गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै बैठकले हङकङ, मकाउ र ल्हासाका लागि महावाणिज्य दूत नियुक्त गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले हङकङ र मकाउका लागि उदयबहादुर रानामगर र ल्हासाका लागि नवराज ढकाललाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।

रानामगर गृह मन्त्रालयका सहसचिव हुन् भने ढकाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव हुन्। उनीहरु दुवैलाई केही दिनअघि परराष्ट्र मन्त्रालय सरुवा गरिएको थियो। परराष्ट्र मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदले महावाणिज्यदूत नियुक्त गरेको हो।

 

प्रकाशित: Aug 31, 2020| 05:50 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।