शुक्रबार, जेठ १०, २०८२

ओली–दाहाल वार्ता समाधानउन्मुख

सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सकिएको छ। दुवै अध्यक्षबीच नौ दिनपछि भेटवार्ता भएको हो।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सकिएको छ। दुवै अध्यक्षबीच नौ दिनपछि भेटवार्ता भएको हो।

प्रधानमन्त्रीसमेत रहेका ओली र अध्यक्ष दाहालबीचको वार्ता पार्टीभित्र देखिएको विवाद समाधानउन्मुख रहेको बताइएको छ। ‘दुई अध्यक्षबीचको आजको भेटघाट सकिएको छ। छलफल समाधान उन्मुख भएको छ,’ दाहालका प्रेस संयोजक विष्णु सापकोटाले भने।

उनका अनुसार दुई अध्यक्षबीच भोलि शुक्रबार पनि वार्ता जारी राख्ने सहमति बनेको छ। २० साउनमा वरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङलाई समेत राखेर वार्ता गरेका उनीहरुबीच त्यसयता संवाद हुन सकेको थिएन।

दुवै समूहका दोस्रो तहका नेताहरुको पहलमा अध्यक्षद्वयबीच आज भेटवार्ता भएको हो। प्रधानमन्त्री ओलीले बुधबार एपिवान टेलिभिजनमा प्रशारित पत्रकार भुषण दाहालसँगको कुराकानीमा अबको ५ दिनभित्रमा पार्टीभित्र देखिएको विवाद समाधान हुने बताएका थिए।

असार १० गतदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा असार १६ गते दाहाल–नेपाल समूहले ओलीको राजीनामा माग गरेपछि चर्किएको विवाद समाधान हुन अहिलेसम्म कुनै संकेत देखिएको छैन।

पछिल्लो समय भएका छलफलमा विवाद समाधान स्थायी कमिटीको बैठकबाट गर्नुपर्ने अडानमा दाहाल समूह र ओली सचिवालयमार्फत् नै विवाद समाधान गर्नुपर्ने अडानमा छन्। कुन कमिटीबाट विवाद समाधान गर्ने भन्नेमा नै नेताहरुबीच सहमति नजुट्दा संवाद नै रोकिएको थियो।

अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग सार्दै आइरहेको छ। तर, ओलीले हरेक छलफल र भेटवार्ताका क्रममा आफूले अहिले कुनै पनि पदबाट राजीनामा नदिने प्रष्ट अडान राख्दै आएका छन्।

प्रकाशित: Aug 13, 2020| 15:47 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।