बुधबार, असार ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • म्यानयुका मिडफिल्डर लिंगार्ड भन्छन्– म खेलाडी र व्यक्तिका रूपमा हराएँ

म्यानयुका मिडफिल्डर लिंगार्ड भन्छन्– म खेलाडी र व्यक्तिका रूपमा हराएँ

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर जेसी लिंगार्डले भर्खरै सकिएको सिजनमा आफू खेलाडी र व्यक्तिका रुपमा हराएको बताएका छन्।
 |  बुधबार, साउन १४, २०७७

बीबीसी

बीबीसी

बुधबार, साउन १४, २०७७

लन्डन – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर जेसी लिंगार्डले भर्खरै सकिएको सिजनमा आफू खेलाडी र व्यक्तिका रुपमा हराएको बताएका छन्। उनी २०१९/२० को सिजनका नौ खेलमा मात्र पहिलो रोजाइका खेलाडी बन्न सके।

‘यो सिजन धेरै अप्ठ्यारो गरी बित्यो। तर मैले खेल छाड्न सकिनँ गरिनँ,’ उनले इन्स्टाग्राममा लेखेका छन्, ‘मैदानमा र मैदानबाहिर म को थिएँ त्यो मलाई राम्रोसँग थाहा छ।’

‘म पहिले पनि त्यही ठाउँमा खेलेकाले अहिले पनि सक्छु भन्ने राम्रोसँग थाहा छ। आत्मविश्वास पनि छ। यसको मतलब अझ धेरै अभ्यास गर्नुपर्छ भन्ने हो,’ उनले लेखेका छन्।

सिजनको सुरुमा २७ वर्षे लिंगार्डको आमा बिरामी भएपछि उनले भाइबहिनीको जिम्मेवारी काँधमा लिएका थिए। त्यसपछि युनाइटेडमा उनको प्रदर्शनी पनि कम हुँदै गइरहेको थियो।

लिंगार्डले सिजन चल्दाचल्दै प्रशिक्षक ओले गुनर सोल्क्जसले अन्तिम मौका दिएको बताएका थिए।

‘मैले राम्रो गर्न सकिरहेको थिइनँ अनि प्रशिक्षक (सोल्कजर) ले मलाई हेरिरहेका थिए। उनले मबाट धेरै अपेक्षा गरेका थिए,’ लिंगार्डले सिजनबीच डेलिमेलसँग भनेका थिए।

उनी जारी सिजनमा पनि केही पटक रंगभेदको सिकार भए। उनले डर्बी कन्टीमा एफए कपको एक खेल जितेपछि समर्थकलाई ‘फ्रस्टेटिङ फ्यान’ भनेका थिए।

साथै लिंगार्डले क्लब र क्लबका समर्थकलाई धन्यवाद पनि दिएका थिए। तर समय बित्तै गए पनि उनले मैदानमा पहिलो रोजाइको खेलाडी बन्न सकेनन्।

उनले लेखेका छन्, ‘यो टिम, यो क्लब महान् छ। र, म क्लबको सफलताका लागि धेरैभन्दा धेरै अभ्यास गरिरहनेछु।’

प्रकाशित: Jul 29, 2020| 12:59 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।