शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • वीरगञ्जमा पनि ट्राभल हिस्ट्री नभएकामा कोरोना संक्रमण, आधा संक्रमितमा लक्षण देखियो

वीरगञ्जमा पनि ट्राभल हिस्ट्री नभएकामा कोरोना संक्रमण, आधा संक्रमितमा लक्षण देखियो

जनस्वास्थ्य विज्ञहरुले निश्चित क्षेत्रमा परीक्षण गर्दैमा समुदायमा संक्रमण फैलिएको छैन भन्नु गलत भएको बताउँदै आएका छन् ।
 |  आइतबार, साउन ४, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, साउन ४, २०७७

वीरगञ्जमा ५० प्रतिशत कोरोना संक्रमितमा लक्षण देखिन थालेको छ।

पछिल्लो साता संक्रमण पुष्टि भएर नारायणी अस्पतालको आइसोलेसनमा भर्ना भएका १८ जनामध्ये ९ जनामा कोरोनाका लक्षण देखिएको नारायणी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताएका छन्।

संक्रमितहरुमा ज्वरो आउने, पखाला लाग्ने, खोकी लाग्ने, जिउ दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएको उनले जानकारी दिए। लक्षण देखिएकाहरु २० देखि ५० वर्षका रहेको उनले बताए। अस्पताल पुग्ने संक्रमित क्वारेन्टिनमा मात्र नभई होम क्वारेन्टिनमा बस्नेहरु पनि छन्।

‘हिजो शनिबार अस्पताल भर्ना भएका ८ जनामध्ये २ जनामात्रै क्वारेन्टिनमा बसेका हुन् । एक जनाको ट्राभल हिस्ट्री छ, बाँकी ५ जना होम आइसोलेसनमा बसेका हुन्। उनीहरुले अहिलेसम्म ट्राभल हिस्ट्री नभएको बताएका छन्,’ डा. उपाध्यायले भने।

ट्राभल हिस्ट्रीबिनाका संक्रमित भेटिएकाले समुदायमा परीक्षण गर्नुपर्ने आवश्यकता देखिएको मेसु उपाध्याय बताउँछन् । संक्रमितले दिएको सूचनालाई आधार मान्ने हो भने सुमदाय स्तरमा तत्काल परीक्षणको आवश्यकता रहेको उनको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका कोरोना संक्रमितमध्ये ९९ प्रतिशतमा लक्षण नदेखिएको बताउँदै आएको छ। त्यसैगरी समुदायमा संक्रमण नफैलिएको दाबी पनि गर्दै आएको छ। यसको यकिन गर्न काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट स्याम्पल लिई परीक्षण पनि गरिएको थियो।

तर, जनस्वास्थ्य विज्ञहरुले भने निश्चित क्षेत्रमा परीक्षण गर्दैमा समुदायमा संक्रमण फैलिएको छैन भन्नु गलत भएको बताउँदै आएका छन् ।

जनस्वास्थ्य विज्ञ डा. समिरमणि दीक्षित भन्छन्, ‘हटस्पट बनेका क्षेत्रहरुमा परीक्षण नगरी समुदायमा संक्रमण फैलिएको छैन भन्न मिल्दैन ।’

नारायणी अस्पतालका मेसु डा. उपाध्याय पनि हटस्पट बनेका क्षेत्रहरुमा परीक्षण नगरी समुदायमा संक्रमण फैलिएको छैन भन्न नमिल्ने नै बताउँछन् ।

‘पहिले ९० प्रतिशत लक्षणविहीन संक्रमित थिए। पछिल्लो समय संक्रमित देखिएकाहरुमा लक्षण पनि देखिएको छ । अब उच्च सतर्कता अपनाउने बेला आएको छ,’ उनले भने।

अहिले थपिएका संक्रमित बाहिर नगएको अथवा बाहिरबाट आएका मानिसहरुसँगको सम्पर्कमा नरहेको उनको भनाइ छ।

प्रकाशित: Jul 19, 2020| 14:10 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।