बिहीबार, असार ५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • संखुवासभा पहिरोमा हराएका ११ जनाको खोजी जारी, खोजीमा खटिनेको पनि मृत्यु

संखुवासभा पहिरोमा हराएका ११ जनाको खोजी जारी, खोजीमा खटिनेको पनि मृत्यु

सङ्खुवासभाको उत्तरी क्षेत्रमा रहेको सिलिचोङ गाउँपालिका–१ को बेसिन्दागाउँमा लगातार परेको वर्षाका कारण तीन दिनअघि नौ घर पहिरोले बगाएर हराइरहेका ११ जनाको खोजी कार्य जारी छ ।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

सङ्खुवासभाको उत्तरी क्षेत्रमा रहेको सिलिचोङ गाउँपालिका–१ को बेसिन्दागाउँमा लगातार परेको वर्षाका कारण तीन दिनअघि नौ घर पहिरोले बगाएर हराइरहेका ११ जनाको खोजी कार्य जारी छ ।

खोजी कार्यमा संलग्न मदन राईको हृदयाघातका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

गृह मन्त्रालयको हेलिकोप्टरको सहायतामा प्रदेश नं १ सरकारले पहिरोको चपेटामा परेका बेसिन्दागाउँका ८२ घरका ३४९ जनालाई कम्बल, टेन्ट, म्याट्रेस, खाद्यान्नका सामग्री दाल, चामल, तेल, नुनलगायतका सामग्रीहरु पहिलोपल्ट उपलब्ध गराएको छ भने थप सामग्री लैजाने तयारीमा रहेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए।

आचार्यका अनुसार तीन दिनअघि गएको पहिरोमा बेपत्ता भएका ११ जनाको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीसहित स्थानीय सरकार र स्थानीय बासिन्दाको सक्रियतामा खोजीकार्य जारी राखिएको छ ।

पहिरो गएको स्थल निरीक्षणका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई एक दिनअघि त्यसतर्फ लाग्नुभएकामा खराब मौसमका कारण सङ्खुवासभाको तुम्लिङटार विमानस्थल उत्रिएर स्थानीय प्रशासन, राजनीतिक दल र सरोकार पक्षहरुसँग भेटघाटका साथ पहिरो र त्यसले पुर्याएको क्षतिका बारेमा बुझी सबैलाई एकसाथ जुट्न आग्रह गरेर फर्केका छन्। यसैगरी पहिरोको निरीक्षण गर्न सङ्घीय सांसद राजेन्द्रप्रसाद गौतम, पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङलगायतको टोली पुगेको थियो ।

यसैगरी पूर्व खानेपानी राज्यमन्त्री दीपक खड्काले पहिरो गएको स्थलमा आफ्नो निजी खर्चमा हेलिकोप्टरबाट खानेपानीलगायत दैनिक आपूर्तिका लागि पोली पाइप, त्रिपाल, टेन्ट, म्याटलगायत ५०० किलोभन्दा बढी खाद्यान्नसहितका सामग्री उपलब्ध गराउँदै पहिरोपीडितका लागि जतिसक्दो चाँडो राहत उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गर्नुभएको नेपाली काँग्रेसका जिल्ला सभापति दिपनकुमार श्रेष्ठले जानकारी दिए।

रासस

प्रकाशित: Jul 15, 2020| 11:03 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।