आइतबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • बाढी र डुबानका कारण मोरङमा डेढ दर्जन घरपरिवार विस्थापित, १५ स्थान उच्च जोखिममा

बाढी र डुबानका कारण मोरङमा डेढ दर्जन घरपरिवार विस्थापित, १५ स्थान उच्च जोखिममा

केशलिया खोलामा पानीको बहाव बढेर विराटनगर–६ को सिम्राही टोलमा पानी पस्दा मुसहर बस्तिका घरहरु डुबानमा परेका छन्।
 |  आइतबार, असार २८, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

आइतबार, असार २८, २०७७

विराटनगर– अविरल वर्षासँगै आएको बाढी, डुबान र पहिरोका कारण मोरङका डेढ दर्जन बढी घर परिवार विस्थापित भएका छन्। केशलिया खोलामा पानीको बहाव बढेर विराटनगर–६ को सिम्राही टोलमा पानी पस्दा मुसहर बस्तिका घरहरु डुबानमा परेका छन्।

डुबानमा परेका घरका परिवारलाई स्थानीय विद्यालयमा सारिएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले बताए। कानेपोखरी –५ मा चिसाङ खोलाले कटान शुरु गरेपछि ७ घर परिवारका ३२ जनालाई स्थानीय भंसावारी विद्यालयमा सारिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार वर्षाका कारण चिसाङ खोलामा आएको बाढीले कानेपोखरी २ चिसाङ बस्तीका पाण्डव ऋषिदेव र सलाङ ऋषिदेवको घर बगाएको छ। उनीहरुलाई स्थानीय विद्यालयमा सारिएको प्रहरी प्रवक्ता डिएसपी राईले बताए।

वर्षा सँगै परेको पानीको कारण पहिरो झर्दा मिक्लाजुङ २ कुवापानीका रणकुमार राईको घर पुरिएको छ। उनको घर बस्न नमिल्ने गरि पुरिएको राईले बताए।

धानबाली बग्यो

उर्लाबारीमा ३ मंगलबारेमा बक्राहा खोलाको बाढी पस्दा डेढ दर्जन घर परिवारको धानीवाली बगाएको छ। प्रहरीका अनुसार भर्खरै रोपेको डेढ दर्जन घरपरिवारको १२ विगाहा खेतमा लगाईएको धानवाली खोलाले बगाएको छ।

रंगेली ८ नहर चोकमा चिसाङ खोलामा आएको बाढीका कारण ४० विगाहामा लगाईएको धान खेत डुवाएको छ।

१५ स्थान बाढीको उच्च जोखिमा

मोरङका विभिन्न स्थानीय तहका १५ स्थान बाढीको उच्च जोखिममा रहेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बक्राहा खोलाबाट मोरङको मिक्लाजुङ गाँउपालिकाको ६,७ र ९ नं वडा, उर्लाबारी नगरपालिकाको १ र ४ नं वडा, पथरी शनिश्चरे नपाको ५ नं वडा, सुनवर्षी नपाको ३ नं वडा, र रतुवामाई नपाको १, ५ र ९ नं वडा उच्च जोखिममा रहेका छन्।

त्यसैगरी लोहन्द्रा खोलाबाट बेलबारी– १, ग्रामथान– ४ कटहरी–६ उच्च जोखिममा रहेको छ भने चिसाङ खोलाले लेटाङबाट २, गछिया खोलाले सुन्दर हरैचा ६, र टाडो खोल्साले सुन्दर हरैचाकै ९ नं वडा जोखिममा रहेको ठहर गरिएको छ।

सो क्षेत्रमा पुर्वतयारीको काम भईरहेको छ। जिल्लामा नदी नियन्त्रण सम्बन्धि काम गर्दै आएको कोसी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाले जोखिमपूर्ण स्थानहरुको पहिचान गरेको हो।

आयोजनाका प्राविधिकहरुले गरेको स्थलगत अध्ययनका आधारमा प्रतिवेदन तयार गरिएको कोशी तथा बक्राहा नदी नियन्त्रण आयोजनाका फिल्ड इन्जिनियर बलराम भण्डारीले बताए।

दर्जनौं बस्ती जोखिममा

उच्च जोखिममा रहेका ती स्थानहरुबाट नदीले कटान वा धार परिवर्तन गरी मानव बस्ती तर्फ बाढीको पानी पस्दा नदी क्षेत्रका दर्जनौ मानव वस्तीहरुमा क्षति पुग्ने बताएको छ।

जसका कारण खोला किनारमा रहेका मिक्लाजुङ गाउँपालिका अन्तर्गत खामेझोडा, बेतनी, कसेनी, रचना, चिसापानी, कुईने टार, सिसौली, शान्ति चौक, नयाँ पुल बस्तीमा जनधनको क्षति पुग्ने छ।

त्यस्तै उर्लाबारी नगरपालिका अन्तर्गत राजघाट, विशाल टोल, थापाडाँगी टोल, किसान चौक, कोपिला चौक, कान्छि चौक, मेचे डाँगी, इट्टाभट्टा तथा पथरीशनिश्चरे नगरपालिकाको जयनगर,सुन्दरी चौक, सुनझोडा, कसेनीमा पनि मानव बस्ती तथा खेतीयोग्य जमिन जोखिममा पर्ने देखिएको छ।

विराटनगर महानगरका केही वडाका मानव बस्तीहरु पनि बाढीको जोखिममा छन्। विराटनगर महानगरपाकिा वडा नं ४, ५, ६, ११ का कतिपय बस्तीहरु स्थानीय बुढी केशलीया र महानगरकै वडा नं १, ८, १०, १९ र ११ नं वडाका कतिपय मानव बस्ती सिंगिया खोलाको बाढीको जोखिममा रहेको जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय मोरङले जनाएको छ।

नदी नियन्त्रण प्रभावकारी भएन

वर्षायाममा आउने बाढीको जोखिममा रहे पनि नदी नियन्त्रणको काम भने प्रभावकारी रुपमा हुन नसकेको जनप्रतिनिधिहरुको आरोप छ।

केन्द्रीय योजना मार्फत नदीका दुबै किनारमा तटबन्धन नगरेसम्म बाढीको जोखिम सँधै रहने प्रदेशका सांसद उपेन्द्र घिमिरेले बताए। नदीहरुको व्यवस्थापन योजनाबद्धरुपमा गर्न सकेमात्र वर्षायाममा आउने बाढीबाट हुने क्षति कम गर्न सकिने प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रलयको जलस्रोत तथा उर्जा विकास महाशाखाका प्रमु्ख रमेश पौडेलको भनाइ छ।

प्रकाशित: Jul 12, 2020| 15:11 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।