आइतबार, जेठ २६, २०८२

डा. राईसहित १३ स्रष्टालाई सम्मान गर्दै प्रदेश १ सरकार

मन्त्रालयले एक लाख राशिको बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मान २०७७ बाट इलामका स्रष्टा डा. नवलकिशोर राईलाई सम्मान गर्न लागेको छ।
 |  शुक्रबार, असार २६, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शुक्रबार, असार २६, २०७७

विराटनगर– प्रदेश १ सरकारले १३ स्रष्टालाई सम्मान गर्ने भएको छ।

सामाजिक विकास मन्त्रालयले एक लाख राशिको बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मान २०७७ बाट इलामका स्रष्टा डा. नवलकिशोर राईलाई सम्मान गर्न लागेको छ।

भाषा साहित्य कला सम्मानबाट १२ जना स्रष्टा सम्मानित हुने भएका छन्।

ललितकलातर्फ सम्मान गर्न लागिएकमा अनुराधा थापा (मोरङ), साहित्यतर्फ उमानाथ घिमिरे ‘सागर’ (धनकुटा), कविराज पोखरेल (मोरङ), मुनाराज शेर्मा (झापा) छन्। यस्तै पञ्चकुमारी परियार (खोटाङ), प्रेम ओझा (पाँचथर), शिवनारायण पण्डित ‘सिंगल’ (सुनसरी) सम्मानित हुने भएका छन्।

साहित्य र कलातर्फ डीबी किराँती (सोलु), रंगकलातर्फ कविता नेपाल (झापा), चलचित्रतर्फ केशव रायमाझी (मोरङ) नृत्यकलातर्फ माया पौडेल (मोरङ), गीत÷संगीततर्फ वीरध्वज शिवा (मोरङ) लाई सम्मान गरिने भएको छ। उनीहरुलाई जनही ५०–५० हजार नगद प्रदान गरिनेछ।

मन्त्रालयले भाषा, साहित्य कला क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई गत वर्षदेखि सम्मान गर्न थालेको हो।

स्रष्टालाई असार २९ गते १ बजे आरोहण गुरुकुल विराटनगरमा सम्मान गर्ने कार्यक्रम राखिएको कार्यदलका सदस्यसचिव सूर्यराज घिमिरेले जानकारी दिए।

प्राज्ञ खेम नेपालीको संयोजकत्वको ८ सदस्यीय स्रष्टा मूल्यांकन सिफारिस कार्यदलकोे सिफारिसअनुसार स्रष्टा सम्मान गर्न लागिएको घिमिरेले बताए।

प्रकाशित: Jul 10, 2020| 16:10 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।