शनिबार, जेठ २५, २०८२

कर्णाली : काेराेना स‌ंक्रमित १,५८८, निकाे हुने १,३४७

कर्णाली प्रदेशमा शुक्रबार २७ जना कोरोना संक्रमित थपिएका छन्।
 |  शुक्रबार, असार २६, २०७७

देव राना

देव राना

शुक्रबार, असार २६, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा शुक्रबार २७ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमितमध्ये सुर्खेतका ११ जना, सल्यानका १० जना, जाजरकोटका र दैलेखका दुईदुई तथा डोल्पा र बाजुराका एकएक जना छन्।

प्रदेश प्रयोगशाला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४, ६, ७, १०, ११ वडाका, डोल्पाको मुड्केजुला गाउँपालिका–६ का र सल्यानको कुमाख गाउँपालिका–२ का एकएक जनामा संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएकाे परीक्षणमा सल्यानको कुमाल गाउँपालिकाका नौ जना र जाजरकोटको शिवालय गाउँपालिका–२ र वडा ४ का एकएक जनामा संक्रमण पुष्टि भएको छ।

दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा वीरेन्द्रनगर नगरपालिका–१, ५, ८, ९ र १३ का एकएक जना र वडा ४ का दुइ जना, दैलेखको नारायण नगरपालिका–१, ६ र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ का एकएक जनामा पनि संक्रमण पुष्टि भएको छ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय ८८ जना पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट २५ जना र दुल्लु अस्पताल दैलेखबाट एक जना गरी २६ जना डिस्चार्ज भएका छन्। हालसम्म एक हजार तीन सय ४७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

अब कर्णालीका विभिन्न अस्पतालमा दुइ सय ३६ जना कोरोना संक्रमित उपचार गराइरहेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

प्रकाशित: Jul 10, 2020| 15:50 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।