मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • राष्ट्रसंघको प्रतिनिधि मण्डल र तालिबानी गृहमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रसंघको प्रतिनिधि मण्डल र तालिबानी गृहमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

तालिबानी प्रवक्ता सोहैल शाहिनले हक्कानी र अफगानिस्तानका लागि राष्ट्रसंघीय मिसनका प्रमुख डेबरा लायन्सको टोलीबीच भेटवार्ता भएको जानकारी दिएका छन्।
 |  बिहीबार, भदौ ३१, २०७८

बीबीसी

बीबीसी

बिहीबार, भदौ ३१, २०७८

काबुल- संयुक्त राष्ट्र संघको प्रतिनिधि मण्डल र अफगानिस्तानका गृहमन्त्री सिराजुद्दीन हक्कानीबीच भेटवार्ता भएको छ। तालिबानी प्रवक्ता सोहैल शाहिनले हक्कानी र अफगानिस्तानका लागि राष्ट्रसंघीय मिसनका प्रमुख डेबरा लायन्सको टोलीबीच भेटवार्ता भएको जानकारी दिएका छन्। 

शाहिनका अनुसार गृहमन्त्री सिराजुद्दीनले राष्ट्रसंघीय टोलीलाई अफगानिस्तानका नागरिकको सहयोगमा कुनै बाधा अवरोध नपुर्‍याउने पतिबद्धता व्यक्त गरेका छन्। 

दुबै पक्षले अन्तराष्ट्रिय समुदायको सम्पर्कमा रहनुपर्नेमा जोड दिएका छन्। शाहीनका अनुसार डेबरा लायन्सले भनिन्, 'हामी दुई पक्षबीच जुन कुराकानी भयो, यो पछिल्लो २० वर्षमा तालिबानका विषयमा फैलाइएका गतल हल्लाको विपरी छ। यसबाट हामीलाई सकारात्मक सन्देश मिलेको छ।'

संयुक्त राष्ट्र संघले एक विज्ञप्ति जारी गर्दै यूएनका प्रतिनिध डेबराले हक्कानीसँगको कुराकानीका क्रममा अफगान नागरिकहरुको सहयोगका लागि आवश्यक सामान र मानवअधिकारकर्मीहरुको सुरक्षामा जोड दिइएको जनाएको छ। 

डेबराले तालिबानसँग अफगानी नागरिकको मानवअधिकार रक्षाका लागि कुनै बाधा नपुर्‍याउन तालिबानसँग माग गरेकी छन्। अफगानिस्तानको अवस्थामा सुधार ल्याउनका लागि सामूहिक प्रयास आवश्यक रहेको जनाइएको छ। 

प्रकाशित: Sep 16, 2021| 22:10 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।