बिहीबार, जेठ २३, २०८२

कोरोना अनुसन्धानका लागि ८७ संस्थालाई स्वीकृति

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण तीव्र रुपमा बढिरहँदा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले अनुसन्धानको दायरा पनि बढाएको छ।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) को संक्रमण तीव्र रुपमा बढिरहँदा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले अनुसन्धानको दायरा पनि बढाएको छ।

परिषदमा हाल कोरोना भाइरस परीक्षणका लागि ११५ वटा संस्थाले ‘इथिकल रिभ्यु’ का लागि निवेदन दिएका छन्।

जसमा अनुसन्धान परिषद आँफैले पनि विभिन्न १३ वटा विषयमा प्रोजेक्ट तयार गरी अनुसन्धान सुरु गरेको छ। त्यसमध्ये ५ वटा प्रोजेक्ट सकिएका छन्, ५ वटा कार्यान्वयानको चरणमा छन् भने ३ वटा प्रोजेक्ट स्वीकृतिको चरणमा छन्।

११५ वटा निवेदनमध्ये ८७ वटाले अनुसन्धानको लागि स्वीकृति पाएका छन् भने बाँकी निवेदनको विषयमा पनि छिट्टै निर्णय लिने नेपाल अनुसन्धान परिषद्का बरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल बताउँछन्।

नेपालमा स्वास्थ्य सम्बन्धी कुनै पनि विषयको अनुसन्धान गर्नुअघि अनुसन्धान परिषदमा रहेको इथिकल बोर्र्डमा स्वीकृति लिनुपर्छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले हाल ४ वटा कामहरु अगाडि बढाएको छ। स्वास्थ्य अनुसन्धानमा नियमन गर्ने, अनुसन्धानको क्षमता अभिवृद्धि गर्ने, अरुले नगरेको तर राज्यले बोध गरेको अनुसन्धानहरु गर्ने र गरिएका अनुसन्धानलाई कसरी कार्यान्वायन गर्ने भन्नेतर्फ ध्यान दिएको छ।

लकडाउनको समयमा अनुसन्धान परिषदको इथिकल बोर्डमा ४८० वटा अनुसन्धानका प्रस्तावहरु आएका छन् जसमध्ये ११५ वटा प्रस्तावहरु कोभिड–१९ को रहेको डा. धिमाल बताउँछन्।

हाल नेपाल अनुसन्धान परिषदले गरेको मुख्य कार्य क्लिनिकल ट्रायल हो। परिषदले विभिन्न ४ वटा औषधिमा क्लिनिकल ट्रायल गरिरहेको छ। परिषदबाट स्वीकृति लिएर कोरोनाका विषयमा धेरै कोणबाट अनुसन्धान भइरहेका छन्।

त्यसो त परिषदले केही समयअघि आरडीटी किटबाट परीक्षणको प्रभावकारीताको अध्ययन गरेको थियो। अब जीन सिक्वेन्सिङ सम्वन्धी अनुसन्धान समेत अघि बढाउदै छ।

प्रकाशित: Jun 29, 2020| 14:25 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्