शनिबार, जेठ २५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • नगरसभा भाँडेको आरोपमा ४ वडाध्यक्षसहित १० जनप्रतिनिधि निष्कासित

नगरसभा भाँडेको आरोपमा ४ वडाध्यक्षसहित १० जनप्रतिनिधि निष्कासित

मेयरले सातौँ नगरसभा उद्घाटन गर्नेक्रममा उपमेयर पक्षले नाराबाजी र खुर्सानीको धुलो फ्याक्ने जस्ता गतिविधि गरेपछि बैठक भाँडिएको प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेले जानकारी दिए।
 |  बिहीबार, असार ११, २०७७

देव राना

देव राना

बिहीबार, असार ११, २०७७

सुर्खेत- स्थानीय तहमा जनप्रतिनिधि आएको तीन वर्ष पुरा भइसकेको छ। सुरुवाती दिनमा फरक–फरक राजनीतिक दलबाट निर्वाचित प्रमुख/उपप्रमुखबीच निकै टकराव चल्यो।

समय बित्दै जाँदा प्रमुख/उपप्रमुखको टकराव सेलाउँदै गयो। तर मुगुको छायाँनाथ रारा नगरपालिकामा भने मेयर र उपमेयरबीचको टकराव अझै रोकिएको छैन।

मेयर हरिजंग शाही र उपमेयर सुन्तोला रोकायबीचको टकरावले बुधबारको नगर सभा नै भाँढिएको छ।

मेयरले सातौँ नगरसभा उद्घाटन गर्ने क्रममा उपमेयर पक्षले नाराबाजी र खुर्सानीको धुलो फ्याक्ने जस्ता गतिविधि गरेपछि बैठक भाँडिएको प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेले जानकारी दिए।

‘नगरसभा सञ्चालनका लागि दुबै पक्षलाई सहमतिमा ल्याउन दिनभर प्रयास गर्यौँ, साँझपख नगरसभा उद्घाटन हुँदै गर्दा असन्तुष्ट पक्षले नाराबाजी गर्यो’ पाण्डेलले भने, ‘असन्तुष्ट पक्षले नाराबाजी र तोडफोड गर्न थालेपछि भाँडिएको बैठक शुक्रबारका लागि बोलाएका छौँ।’

नगरप्रमुख शाहीले भने नगरसभा बाँढेको भन्दै चार जना वडाध्यक्ष र ६ जना कार्यपालिका सदस्यलाई सभाबाट निस्कासन गरेका छन्।

नगरप्रमुख शाहीले विज्ञप्ति जारी गर्दै वडा नं. १, ७, १२ र १४ का वडाध्यक्षहरु क्रमशः लोकबहादुर हितान, हरिचन्द्र शाही, सुवाशचन्द्र बुढा, चन्दलाल बडुवाल र कार्यपालिका सदस्यहरु कर्ण कुलाल, सीमा परियार, पञ्चकला रावल, बैदेवी विक, बासमती विक र रतन बडुवाललाई एक हप्तासम्मका लागि नगरसभाबाट निस्कासित गरिएको जनाएका छन्।

छायाँनाथमा सुरुवातदेखि नै मेयर र उपमेयरबीच टकराव चल्दै आएको छ। मेयरसहित सात जना वडाध्यक्ष कांग्रेस र उपमेयरसहित सात जना वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा निर्वाचित छन्।

प्रकाशित: Jun 25, 2020| 16:10 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।