आइतबार, जेठ २६, २०८२

सोती घटना : थप एक शव भेटियो, दुई जना अझै बेपत्ता

पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोती घटनामा बेपत्तामध्ये थप एक शव फेला परेको छ।
 |  बुधबार, जेठ १४, २०७७

देव राना

देव राना

बुधबार, जेठ १४, २०७७

सुर्खेत- पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोती घटनामा बेपत्तामध्ये थप एक शव फेला परेको छ।

भेरी नगरपालिका–१३ राक्ष्यनजिकै लोकेन्द्र सुनारको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी किशोर श्रेष्ठले जानकारी दिए। योसँगै घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। आज दिउँसो करिव १ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनामा भेरी नगरपालिका वडा नं ११ का १८ वर्षकै सञ्जु (सन्दीप) विक र १७ वर्षीय गोविन्द शाही अझै सम्पर्कविहीन छन्। बिहानैदेखि सशस्त्र प्रहरी बल अस्थायी बेस क्याम्प शमशेरगन्जबाट प्रहरी सहायक निरीक्षक रमेश थापाको कमान्डमा चार जनाको गोताखोर टोलीले बेपत्ताको खोजी गरिरहेको छ।

नदीमा पानीको बहाव बढेको र नदी धमिलो भएका कारण बेपत्ताको खोजीमा असहज भएको गोताखोर टोलीले जनाएको छ।

अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा जाजरकोटको भेरी नगरपालिका–४ नवराज विक (प्रेमी), गणेश बुढामगर र चौरहजारी नगरपालिका–१ टीकाराम सुनार यसअघि नै नदीमा मृत भेटिएका थिए।

सोती घटनामा २० जनाविरुद्ध जाहेरी, १२ पक्राउ

प्रकाशित: May 27, 2020| 16:40 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।