काठमाडौं । सिजिनेटको इन्टरनेट सेवा प्रदायक, सिजिनेटले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत, कम्पनीले १ हजार ४९ रुपैयाँमा २५० एमबिपिएस इन्टरनेट र १ हजार १ सय ५४ रुपैयाँ प्रतिमहिनामा २५० एमबिपिएस र आइपिटिभी प्रदान गर्ने जनाएको छ।
कम्पनीका अनुसार, यो योजनाले कम मूल्यमा उच्च गतिको इन्टरनेट खोज्ने ग्राहकहरूले अब एकमुष्ट रकम नतिरेर मासिक आधारमा भुक्तानी गर्न सक्ने भएकाले पोस्टपेड प्लानबाट उच्च लाभ लिन सकिने कम्पनीले जनाएको छ ।
ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै सजिनेटले यो नयाँ पोस्टपेड योजना ल्याएको हो। ‘पहिले सेवा पछि पैसा’ को अवधारणाले सुरु गरिएको यस योजनाले ग्राहकहरूलाई इन्टरनेट प्रयोग गरेपछि भुक्तानी गर्ने विशेष सेवा दिएको कम्पनीले जनाएको छ ।
यो नियमित प्रिपेड प्लानहरूभन्दा सस्तो छ, जसले मासिक रूपमा भुक्तानी गर्दा पनि वार्षिक प्याकेज बराबरको सेवा सुविधा प्रदान गर्छ । साथै, फिर्ता गरिने गरी २ हजार ५ सय रुपैयाँको धरौटीबाहेक ग्राहकले राउटर, ड्रप–वायर र जडान खर्च जस्ता कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।
इन्टरनेट क्षेत्रको भुक्तानी प्रक्रियालाई नै रूपान्तरण गर्ने प्रयासमा, सजिनेटले प्रयोगकर्ताहरूका लागि पहिले कहिल्यै नसुनेका लाभहरू सहित पोस्टपेड योजना ल्याएको छ ।
यो योजनाको मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई उत्कृष्ट भुक्तानी अनुभव र सेवाहरू प्रदान गर्नुका साथै सहज र स्वतन्त्रताका साथ इन्टरनेट प्रदान गर्नु हो । नेपाली इन्टरनेट उद्योगको भुक्तानी नीतिप्रति जनताको धारणा परिवर्तन गर्न सजिनेटको यो नयाँ दृष्टिकोण अत्यन्त आशाजनक छ ।