आइतबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा भारतबाट ३० हजार भित्रिँदै, क्वारेन्टिन क्षमता ११ हजारको मात्रै

कर्णालीमा भारतबाट ३० हजार भित्रिँदै, क्वारेन्टिन क्षमता ११ हजारको मात्रै

लकडाउनको दुई महिना पुग्दा पनि कर्णाली प्रदेशमा क्यारेन्टिन व्यवस्थापन भएको छैन । दिनदिनै संक्रमित ठाउँबाट नागरिकहरु फर्कन थालेपछि कर्णालीले कोरोनासँगको युद्ध कसरी जित्ला भन्ने चिन्ता बढेको छ ।
 |  शुक्रबार, जेठ ९, २०७७

देव राना

देव राना

शुक्रबार, जेठ ९, २०७७

सुर्खेत-  सुर्खेतको सिम्ता गाउँपालिकामा ४ हजार ५ सय नागरिक भारतबाट फर्कंदै छन्। तर, गाउँपालिकाले ४ ठाउँमा गरेर करिब ४ सय बेड क्षमताको मात्र क्वारेन्टिन तयार पारेको छ ।

गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीका अनुसार गाउँपालिकामा रहेका सबै ६५ वटा विद्यालयलाई क्वारेन्टिन बनाए पनि भारतबाट आउने सबैलाई राख्न सम्भव छैन ।

सल्यानको बनगाड नगरपालिकामा पनि भारतबाट ६ हजार ८६ जना नागरिक गाउँ फर्कंदै छन्। हाल नगरपालिकाले ४ वटा विद्यालयमा करिब ५ सय क्षमताको क्वारेन्टिन बनाएको नगरप्रमुख गोविन्दकुमार पुन बताउँछन् ।

दैलेखको आठविस नगरपालिकाले १ सय ९३ बेडको क्वारेन्टिन निर्माण गरेको छ । त्यहाँ करिब तीन हजार नागरिक गाउँ फर्कने तयारीमा छन् । कोरोना संक्रमति भेटिएपछि थप विद्यालयमा क्वारेन्टाइन बनाउन समस्या भएको नगरप्रमुख खड्गराज उपाध्याय बताउँछन् ।

सिम्ता, बनगाड र आठविसमात्रै होइन। कर्णालीका कुनै पनि स्थानीय तहसँग पर्याप्त क्वारेन्टिन छैनन् । ७९ स्थानीय तह रहेको कर्णालीमा १० हजार ८ सय ८० बेडमात्रै क्वारेन्टिन तयारी अवस्थामा रहेको कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले जानकारी दिए।

जसमध्ये सुर्खेतमा २ हजार ४ सय ६५, दैलेखमा १३ सय, जाजरकोटमा ४ सय ५०, सल्यानमा ८ सय २४, रुकुम पश्चिममा २ सय ७१, जुम्लामा ४ सय ३६, कालिकोटमा २६ सय ७०, मुगुमा ३ सय ४, हुम्लामा ११ सय ७५ र डोल्पामा ९ सय ८७ गरी १० हजार ८ सय ८० क्वारेन्टिन तयार भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

लकडाउनको दुई महिना पुग्दा पनि कर्णाली प्रदेशमा क्यारेन्टिन व्यवस्थापन भएको छैन । दिनदिनै संक्रमित ठाउँबाट नागरिकहरु फर्कन थालेपछि कर्णालीले कोरोनासँगको युद्ध कसरी जित्ला भन्ने चिन्ता बढेको छ । उसो त कोरोनाको त्रासपछि एक लाख बढी नागरिक गाउँ फर्कन्छन् भन्ने थाहा नभएको होइन ।

कर्णालीका युवाहरुको रोजगारीको मुख्य गन्तव्य भारत हो । त्यहाँ संक्रमित बढ्दै गएपछि तत्काल ३० हजार नागरिकहरु गाउँ फर्कने अनुमान गरिएको छ । तर क्वारेन्टिन व्यवस्थापन गर्न स्थानीय तहले खासै चासो दिएका छैनन् ।

प्रदेश सरकारले वीरेन्द्रनगरको खुल्ला मञ्चमा ४ सय बेडको क्वारेन्टिन तयार पारेको छ । त्यो पनि नाकामा आरडीटी गर्दा संकास्पद भएकाहरु राख्नको प्रयोग गरिने छ ।

भारतमा रेल सेवा सञ्चालन भएपछि नागरिकहरु गाउँ फर्कन थालेका छन् । उनीहरुलाई गाउँमा क्वारेन्टिन छ–छैन भन्दा पनि घर फर्कन हतार छ । चाउचाउ र चिउराकै भरमा सिमानासम्म आइपुगेका नागरिकलाई प्रदेश र स्थानीय तहले समन्वय गरेर गाउँमा पुर्याउन थालेका छन् ।

तर गाउँमा न्यून क्षमताका भएका क्वारेन्टिन मापदण्ड अनुसारका छैनन् । जसले गर्दा कोरोना संक्रमणको जाखिम बढ्न थालेको छ । यद्यपि क्वारेन्टिन निर्माण कार्य भने रोकिएको छैन ।

प्रकाशित: May 22, 2020| 12:32 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।