इटहरी- ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भीषण आगलागी भएको छ।
स्थानीय पत्रकार सन्तोष पुर्कोटीका अनुसार ट्याक्सी स्ट्यान्ड लाइनको एक खाजा घरबाट राति करिब १० बजेबाट सुरु भएको आगो यो समाचार तयार पार्दा (१२:३० बजे) सम्म नियन्त्रणमा आउन सकेको छैन।
आगोले खाजा घरबाट उत्तरतर्फ नेपाली काङ्ग्रेस कार्यालय नजिकै सम्मका १० वटा घर नष्ट भइसकेका छन्।
नगरपालिकामा रहेको एउटा दमकलले आगो निभाउन नसकेपछि नजिकका अन्य जिल्लाबाट दमकल बोलाइएको छ।
अहिलेसम्म कुनै मानवीय क्षति नभएको खबर प्राप्त भएको छ।
आगो निभाउन नेपाली सेना, प्रहरी र स्थानीय वासिन्दा खटिएका छन्।