आइतबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कोरोना महामारी : यस्तो छ कर्णालीको पूर्वाधार र जनशक्ति

कोरोना महामारी : यस्तो छ कर्णालीको पूर्वाधार र जनशक्ति

रोग, भोक र अभावबीच कोरोनासँग लड्ने कर्णालीको सामर्थ्य र उपचार रणनीति कस्तो अपनाएको छ त?
 |  बिहीबार, वैशाख ११, २०७७

देव राना

देव राना

बिहीबार, वैशाख ११, २०७७

सुर्खेत- कोरोना संक्रमत फैलिन नदिन सरकारले परीक्षणलाई तीव्रता दिएको छ। परीक्षण मात्रै कोरोना संक्रमणबाट बच्ने उत्तम उपाय होइन। बरु संक्रमण देखिएको त्यसलाई कसरी उपचार गर्ने भन्ने विषयले अझ ठूलो महत्त्व राख्छ। रोग, भोक र अभावबीच कोरोनासँग लड्ने कर्णालीको सामर्थ्य र उपचार रणनीति कस्तो अपनाएको छ त?

अब्बल पूर्वाधार र जनशक्ति 

कोरोना भाइरससँगको युद्धमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी र पूर्वाधारका हिसाबले कर्णाली प्रदेश अब्बल छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला सुविधा सम्पन्न अस्पताल हो। यसलाई कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि विशेष अस्पतालका रुपमा घोषणासमेत गरेको छ।

अस्पतालमा १० बेड आईसीयू र पाँच बेड भेन्टिलेटर छ। कोरोना संक्रमित भेटिएमा भेन्टिलेटर थपेर ९ बेड बनाउन सकिने अस्पतालका निर्देशक डा. मंगल रावल बताउँछन्।

आईसीयूमै ६ जना डाक्टर कार्यरत छन्। एक सय २० बेड आइसोलेसन तयारी अवस्थामा रहेको अस्पतालमा ६० जनाभन्दा बढी डाक्टरसहित ३ सय जना स्वास्थ्यकर्मी कार्यरत छन्।

प्रदेश सरकार मातहतको सुर्खेतस्थित प्रदेश अस्पतालमा ४५ जना डाक्टरसहित दुई सय जना स्वास्थ्यकर्मी छन्। यो अस्पताललाई पनि प्रदेश सरकारले कोरोना संक्रमितका लागि विशेष अस्पतालका रुपमा घोषणा गरेको छ।

फिजिसियन डाक्टर केएन पौडेलका अनुसार अस्पतालमा २० बेड आइसोलेसनसहित पाँच बेड भेन्टिलेटर र चार बेड आईसीयू तयार छ।

अर्काे विशेष अस्पतालका रुपमा चौरजहारी सामुदायिक अस्पतालमा ६ जना डाक्टर कार्यरत छन्।

दैलेख जिल्ला अस्पतालमा एउटा भेन्टिलेटरसहित तीनवटा आईसीयू तयार छन्। अस्पतालमा ६ डाक्टर, २३ नसिङ स्टाफ, १७ पारामेडिक, ल्याब टेक्निसियन तथा हेल्थ असिस्टेन दुई/दुई जना गरी ५० जना स्वास्थ्यकर्मी कार्यरत छन्।

सल्यान अस्पतालमा २० जना स्वास्थ्यकर्मी कार्यरत छन्। पाँच जना डाक्टर रहेको अस्पतालमा कोरोनाको त्रासपछि थप सात जना प्रदेश सरकार हेल्थ असिस्टेन थप गरेको अस्पताल प्रमुख अर्जुन बुढाले बताए।

जिल्ला अस्पताल डोल्पामा ५ जना डाक्टर कार्यरत छन्। स्टाफ नर्स र एचए दुई/दुई जना तथा अहेव र एएनएम तीन/जना रहेको डा. सिजन रावलले जानकारी दिए। जिल्लामा आईसीयू र भेन्टिलेटर भने छैन।

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला अस्पतालमा ५ जना डाक्टर कार्यरत छन्। अस्पतालमा चार जना डाक्टर, दुई जना स्टाफ नर्स र तीन जना एएनएम कार्यरत रहेको जनस्वास्थ्य प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए।

१३ बेड आइसोलेसन रहेको सिमकोटमा मिनी आईसीयू सेवा सुरु गर्न लागिएको छ। एलबाङ स्वास्थ्य चौकीमा स्टाफ नर्स र ल्याब टेक्निसिएनसहित एक जना डाक्टर खटिएका छन्। त्यहाँ तीन बेडको आइसोलेसन तयारी अवस्थामा छ।

जिल्ला अस्पताल मुगुमा ६ जना डाक्टर र अन्य २२ जना स्वास्थ्यकर्मी रहेको डा. निर्मल नगरकोटीले जानकारी दिए। ३५ बेडको नयाँ अस्पतालसमेत तयारी अवस्थामा छ।

जाजरकोटमा ६ जना डाक्टर कार्यरत छन्। जनस्वास्थ्य प्रमुख टीकाराम न्यौपानेका अनुसार चार स्टाफ नर्स, तीन अनमी, तीन हेल्थ असिस्टेन, तीन ल्याब टेक्निसियन गरी २३ जना स्वास्थ्यकर्मी कार्यरत छन्।

कालिकोट जिल्ला अस्पतालमा ५ डाक्टरसहित ४५ जना स्वास्थ्यकर्मी कार्यरत रहेको सूचना अधिकारी कटकम महतले जनाए। रुकुमपश्चिम जिल्ला अस्पतालमा पनि ३२ जना स्वास्थ्यकर्मी कार्यरत छन्।

कमजोर छैनन् स्थानीय तह

कर्णाली प्रदेश स्वाथ्य निर्देशनालयका अनुसार विभिन्न स्थानीय तहका प्राथमिक स्वास्थ्य केन्द्रमा १४ जना डाक्टर कार्यरत छन्। निर्देशक रीता भण्डारीका अनुसार स्थानीय तहमा पारामेडिक १३ सय ८९ जना, नर्सिङ १२ सय २३ जना गरी कुल २६ सय २६ जना स्वास्थ्यकर्मी कार्यरत छन्।

डोल्पाका स्थानीय तहमा एक सय १४, मुगुमा एक सय ५२, हुम्लामा एक सय ८१ र जुम्लामा दुई सय ३४, कालिकोटमा दुई सय ८१ स्वास्थ्यकर्मी कार्यरत छ।

यस्तै दैलेखमा चार सय ८३, जाजरकोटमा दुई सय ३४, रुकुमपश्चिममा दुई सय ३०, सल्यानमा तीन सय २३ र सुर्खेतमा चार सय चार जना स्वास्थ्यकर्मी कार्यरत छन्।

१७ आइसीयू र ११ भेन्टिलेटर

स्वाथ्यकर्मी र विज्ञका अनुसार कोरोना संक्रमितलाई सुख्खा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या हुने भएकाले आईसीयू र भेन्टिलेटर अत्यावश्यक मानिन्छ।

कर्णाली प्रदेशमा भने आईसीयू र भेन्टिलेटर पर्याप्त छैनन्। प्रदेश अस्पताल सुर्खेतमा ४, दैलेख जिल्ला अस्पताल ३ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला १० गरी १७ वटा मात्रै आईसीयू छन्। त्यस्तै दैलेखमा १, प्रदेश अस्पतालमा ५ र कर्णाली स्वास्थ्य विज्ञान ५ गरी ११ वटा मात्रै भेन्टिलेटर छन्।

३६ क्वारेन्टाइन र ४६६ आइसोलेसन बेड

भारत र तेस्रो मुलुकबाट गाउँ फर्केने क्रम रोकिएको छैन। त्यसैले कर्णालीमा ३६ सय बढी क्वारेन्टाइन र चार सय ६६ वटा आइसोलेसन बेड तयार भएका छन्।

डोल्पामा दुई सय १५, मुगुमा एक सय ९२, हुम्लामा दुई सय ३२, जुम्लामा तीन सय ३७, कालिकोटमा चार सय ४४, दैलेखमा आठ सय ३९, जाजरकोटमा एक सय ९२, रुकुमपश्चिममा दुई सय ३०, सुर्खेतमा सात सय ५६ गरी कुल ३६ सय ४२ बेड क्वारेन्टाइन तयार छन्।

डोल्पामा आठ, मुगुमा सात, हुम्लामा १०, कालिकोटमा १४, दैलेखमा ५७, जाजरकोटमा ६, रुकुमपश्चिमा १०, सल्यानमा २२, प्रदेश अस्पताल सुर्खेतमा दुई सय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक सय २०, मेहेलकुना सुर्खेतमा दुई र चौरजहारी सामुदायिक अस्पतालमा १० बेड गरी कुल चार सय ६६ बेड आइसोलेसन तयार भएका छन्।

५४ हेल्थ डेस्क, एक लाख बढीको स्वास्थ्य परीक्षण

कर्णाली प्रदेश विभिन्न जिल्लामा ५४ वटा हेल्थ डेस्क सञ्चालन गरिएका छन्। डोल्पामा १०, मुगुमा १८, हुम्लामा तीन, जुम्लामा एक, कालिकोट र दैलेखमा दुई/दुई, जाजरकोटमा ११, रुकुमपश्चिममा दुई, सल्यानमा एक र सुर्खेतमा चार ठाउँमा गरी ५४ ठाउँमा हेल्थ डेस्क सञ्चालनमा छन्।

ती हेल्थ डेस्कमा हालसम्म एक लाख १९ हजार ६ सय २४ जनाले स्वास्थ्य परीक्षण गरिएका छन्। तीमध्ये चार हजार ६३ जना भारतबाट आएका गाउँ फर्किएकाहरु छन्।

प्रकाशित: Apr 23, 2020| 09:36 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।