मंगलबार, जेठ ७, २०८२

तीजमा बाहिरैबाट पशुपतिनाथको दर्शन [तस्बिरहरू]

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ।
 |  बिहीबार, भदौ २४, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, भदौ २४, २०७८

काठमाडौं- भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। 

तीजको अवसरमा मन्दिर नखुले पनि भक्तजनहरू पशुपतिनाथ मन्दिर परिसर पुगेका छन्। कोरोनाभाइरस महामारी कायमै रहेको भन्दै भक्तजनलाई मन्दिर भित्र प्रवेश दिइएको छैन।

पूजाअर्चनाका लागि पशुपतिनाथ पुगेका भक्तजनहरू बाहिरैबाट दर्शन गरेर फर्किरहेका छन्। नयाँ भेरियन्टसहितको कोरोना संक्रममण तीव्र भएपछि गत वैशाख १० गतेदेखि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर यही शुक्रबारदेखि खोलिने भएको छ।

कोरोना जोखिम कम हुन थालेपछि शुक्रबार बिहान ५:३० बजेदेखि मन्दिर खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए। साढे चार महिना भक्तजनका लागि मन्दिर बन्द गर्नुपरेकामा बिहीबार क्षमापूजा गर्ने तयारी कोषको छ।




प्रकाशित: Sep 09, 2021| 09:30 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।