सोमबार, जेठ १३, २०८२

डडेलधुरा अस्पतालका दुई चिकित्सकले जागिर छोडे  

पारिवारिक कारण देखाउँदै दुईजना चिकित्सकले पदबाट राजीनामा गरेको डडेल्धुरा अस्पताल, डडेल्धुराका मेडिकल सुपरिटेन्डेन्ट डा जगदिशचन्द्र बिष्टले बताए।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

काठमाडौं- कोरोना भाइरस संक्रमितको उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षाका सामाग्री उपलब्ध नभएको चर्चा चलिरहेका बेला डडेल्धुरा अस्पतालमा कार्यरत दुई जना चिकित्सकले जागिर छोडेका छन्।  

पारिवारिक कारण देखाउँदै दुईजना चिकित्सकले पदबाट राजीनामा गरेको डडेल्धुरा अस्पताल, डडेल्धुराका मेडिकल सुपरिटेन्डेन्ट डा जगदिशचन्द्र बिष्टले बताए।

काम छोड्ने दुबै जना करार सेवामा काम गरिरहेका चिकित्सक हुन्।

अस्पताल स्रोतका अनुसार कोरोनाको जोखिमका कारण बढेको पारिवारिक दबावपछि उनीहरुले जागिर छोडेका हुन्।

तर डा बिष्टले भने एक जनाको बुबा बितेको र अर्कोको पनि पारिवारिक समस्या रहेकाले राजीनामा दिएको जानकारी दिए।

काम गर्ने दुबै जनाले १० दिन जति मात्र काम गरेका छन्।

प्रकाशित: Mar 27, 2020| 17:33 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।