आइतबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • भारतबाट आएका नागरिक गाउँ पस्न थालेपछि कर्णालीमा ‘हाइ अलर्ट’

भारतबाट आएका नागरिक गाउँ पस्न थालेपछि कर्णालीमा ‘हाइ अलर्ट’

भारतबाट आएका नागरिकहरु गाउँ पस्न थालेपछि वडास्तरमै गठत समितिलाई सक्रिय बनाइन लागेको हो।
 |  सोमबार, चैत १०, २०७६

देव राना

देव राना

सोमबार, चैत १०, २०७६

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रन नदिन कर्णालीमा सरकारले उच्च सतर्कता अपनाएको छ । कोरोनाबाट प्रदेशलाई सुरक्षित राख्न सचेतनामूलकदेखि स्वास्थ्य चेकजाँचलाई प्रभावकारी बनाउन थालिएको छ ।

कोरोना फैलिएको खण्डमा आउन सक्ने सम्भावित खतरालाई ध्यानमा राख्दै अस्पतालमा आइसोलेसन कक्षदेखि दैनिक उपभोग्य वस्तुको बन्दोबस्त गर्न लागिएको छ ।

संक्रमण भएको खण्डमा प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र जिल्ला अस्पतालहरुमा आइसोलेसन कक्ष निर्माण गरिएको छ । सम्बन्धित अस्पतालले दिएको जानकारी अनुसार प्रदेश अस्पतालमा २०, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५, जिल्ला अस्पताल जाजरकोटमा ३० र सल्यानमा १५ बेडको आइसोलेसन कक्ष तयार पारिएको छ । त्यस्तै हुम्ला, रुकुम पश्चिम, डोल्पा, कालिकोट र मुगुमा पनि आइसोलेसन तयार पार्न थालिएको छ ।

वीरेन्द्रनगरमा १ हजार क्वारेन्टाइन निर्माण गरिरहेको प्रदेश सरकारले अब ७९ वटै स्थानीय तहमा आवश्यक क्वारेन्टाइन बनाउने भएको छ । क्वारेन्टाइनमा भारत लगायत अन्य मुलुकबाट आउने नागरिकलाई १४ दिन अनिवार्य रुपमा राखिने छ ।

भौगोलिक कठिनाइलाई ध्यानमा राख्दै प्रदेशले ७९ वटै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गर्न लागेको हो । कोरोनाविरुद्ध ७९ स्थानीय तहका ७ सय २९ वडामा गठित विपद व्यवस्थापन समितिलाई सक्रिय बनाइने भएको छ ।

भारतबाट आएका नागरिकहरु गाउँ पस्न थालेपछि वडास्तरमै गठत समितिलाई सक्रिय बनाइन लागेको हो । यस्तै विशेष परिस्थिति बाहेक भेला र समूह बनाएर हिँड्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

दुई महिना पुग्ने चामल मौज्दात

यस्तै दैनिक उपभोग्य वस्तुको अभाव र कालोबजारी हुन नदिन पूर्व तयारी थालिएको छ । नेपाल खाद्य संस्थानअनुसार सुर्खेतमा मात्रै १७ हजार क्विन्टल चामल मौज्दात छ ।

जुम्लामा ३ हजार ९ सय ४८ क्विन्टल, कालिकोटमा २ हजार ८ सय ८०, डोल्पामा ६ हजार, मुगुमा २ हजार ९ सय, हुम्लामा २ हजार ६ सय, जाजरकोटमा ३ हजार पाँच सय र दैलेखमा १ हजार पाँच सय क्विन्टल चामल मौज्दात रहेको संस्थान सुर्खेतका प्रमुख भीमबहादुर थापाले जानकारी दिए । उनका अनुसार सबै जिल्लामा कम्तिमा दुई महिनासम्म पुग्ने मौज्दात छ ।
अनुमान गरिएको छ ।

पेट्रोल र ग्यास पर्याप्त

यस्तै कर्णालीमा पेट्रोलियम पदार्थ र ग्यास पनि पर्याप्त छ । नेपाल आयल निगम कर्णाली प्रदेश कार्यालयका प्रमुख दीपक घिमिरेका अनुसार आइतबार ४०–४० हजार पेट्रोल र डिजेल वितरण गरिएको छ । आज (सोमबार) मात्रै एक लाख ६० हजार लिटर डिजेल र २० हजार पेट्रोल वितरण गर्ने तयारी छ ।

‘सामान्य अवस्थाभन्दा माग दोब्बर छ,’ प्रमुख घिमिरेले भने, ‘यस्तो बेला पेट्रोल, डिजेल र ग्यास आवश्यकताभन्दा बढी घरमा राख्नु विस्फोटक पदार्थ राख्नु सरह भएकाले सजगता अपनाउन नागरिकलाई अनुरोध गर्दछु ।’ सुर्खेतमा भेरी ग्यास पाँच सय र रेडियन्स, राप्ती ग्यास दुई–दुई सय सिलिण्डर मौज्दात रहेको छ ।

प्राथमिक उपचारको अभाव छैन

कर्णालीमा संक्रमित भेटिएको खण्डमा प्राथमिक उपचारमा अभाव नहुने भएको छ । ‘अहिलेसम्म कोरोना भाइरसको औषधी पत्ता लागेको छैन, तर प्राथमिक उपचारका लागि औषधी उपलब्ध छ,’ प्रदेश अस्पतालका फिजिसियन डा. के एनले भने, ‘मुख्यगरी अक्सिजन, रगत, सिटामोल, एन्टीबायोटिक, स्लाइन, इन्फेक्सन भएमा उपचार गर्ने औषधीहरुको अभाव हुँदैन ।’

यता प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले भने आवश्यक औषधीको मौज्दात बढाउन केन्द्रबाट थप औषधी माग गरिएको जनाएको छ ।

प्रकाशित: Mar 23, 2020| 06:19 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।