धुँवाधुलो र भीडभाडबाट केही समयलाई भए पनि टाढा रहनका लागि काठमाडौं उपत्यका वरीपरी थुप्रै हाइकिङ रूटहरू छन्।
त्यसमध्ये छोटो हाइकिङ्का लागि उपयुक्त स्थान हो– ललितपुरको बाडेगाउँ–बिसंखु–कोटडाँडा।
ललितपुरको गोदावरी जाने बाटोमै पर्छ बाडेगाउँ। पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आश्रमले पनि बाडेगाउँको परिचय थपेको छ।
सार्वजनिक यातायात चढ्नेहरू बाडेगाउँमा झरेर बिसंखुनारायणको मन्दिर हुँदै कोटडाँडाम्म पुग्न सकिन्छ।
आफ्नै साधन हुनेहरू बिसंखुनारायणमा गाडी/मोटरसाइकल रोकेर उकालो चढ्न सकिन्छ। करिब डेढ घण्टाको उकालोपछि कोटडाँडा पुगिन्छ।
बिसंखुनारायण मन्दिरसँगै पसल भएकोले झोलामा समान बोकिराख्ने झन्झट पनि पर्दैन।
कोटडाँडा सानो गाउँ हो । त्यहाँ केही होमस्टे पनि छन्।