मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • बाबुरामले ओलीलाई भने- 'प्रधानमन्त्रीज्यू ! संसदमा इँजार कसेर आउनुस्'

बाबुरामले ओलीलाई भने- 'प्रधानमन्त्रीज्यू ! संसदमा इँजार कसेर आउनुस्'

समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपीशर्मा ओलीलाई इजार राम्रोसँग कसेर संसद्मा आउन सुझाव दिएका छन् ।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

काठमाडौं- समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इँजार राम्रोसँग कसेर संसदमा आउन सुझाव दिएका छन् ।

आफूमाथि प्रधानमन्त्री ओलीले लगाएको आरोपका विषयमा संसद्बाटै जवाफ दिने बताउँदै उनले इँजार बलियोसँग कसेर आउन भनेका हुन् ।

भट्टराईमाथि मातातिर्थको सरकारी जग्गा व्यक्तिको नाममा बाँडेको आरोप लागेको छ । यस विषमया प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रश्न गरेका थिए ।

यस विषयमा भट्टराईले आज दिउँसो १ बजे संसद्बाटै जवाफ दिने उनका सहयोगी तथा पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।

उनले भट्टराईको भनाइ उदृत गर्दै फेसबुकमा लेखेका छन्- 'आफैं काण्डै काण्डमा फसेको र आफू डुब्ने निश्चितप्रायः देखेपछि आफूलाई मन नपर्नेजति सबैलाई डुबाउन सकिन्छ कि भनेर असफल प्रयास गरिराख्नुभएको छ । त्यो हामी सफल हुन दिँदैनौं ।'

भट्टराईको सम्बोधन बारे जानकारी दिँदै उनले लेखेका छन्–

प्रमज्यू, यती काण्ड, गोकुल काण्ड, जन्मदिनमा हेलिकप्टरमा केक लगेर काटेर गरिएको राजसी ठाँटबाँठ काण्ड हुँदै धेरै काण्डै काण्डको दलदलमा तपाईं फसिसक्नुभएको छ । हिन्दीमा एउटा उखान छ- हम तो डुबेंगे सनम, साथमे तुमको भि डुबाएङ्गे । यस्तै आफू डुब्ने निश्चितप्रायः देखेपछि आफूलाई मन नपर्नेजति सबैलाई डुबाउन सकिन्छ कि भनेर असफल प्रयास गरिराख्नुभएको छ । त्यो हामी सफल हुन दिँदैनौं । आज १ बजे संसदमा तपाईंको इजार राम्रोसँग कसेर आउनुहुन अनुरोध छ । तपाईंले पूर्वप्रम बाबुराम भट्टराईप्रति संकेत गर्दै मातातीर्थको जग्गा प्रकरणमा उठाउनुभएको प्रश्नलाई कानुनी, राजनीतिक, नैतिक सबै कोणबाट तपाईंलाई आज संसदबाटै जवाफ दिनुहुनेछ ।
‘कम्युनिष्ट’ सरकारले ‘जनताको जोत, यति होल्डिङ्सको पोत’ बनाउन खोजे पनि हामी त्यसो हुन दिदैनौँ । ‘जसको जोत, उसको पोत’ नै हुन्छ ।

प्रकाशित: Feb 26, 2020| 10:42 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।