बुधबार, जेठ २२, २०८२

मादी हत्या घटना : वर्षाका कारण अनुसन्धानमा समस्या

संखुवासभाको मादी-१ मा एकै परिवारका ६ जनाको हत्या घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। सोमबार राति घटना स्थलमा कुकुरसहित संघीय प्रहरी इकाई धरानबाट पुगेको टोलीले अुनुसन्धान सुरु गरेको हो।
 |  मंगलबार, भदौ २२, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

मंगलबार, भदौ २२, २०७८

विराटनगर- संखुवासभाको मादी-१ मा एकै परिवारका ६ जनाको हत्या घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। सोमबार राति घटना स्थलमा कुकुरसहित संघीय प्रहरी इकाई धरानबाट पुगेको टोलीले अुनुसन्धान सुरु गरेको हो।

सोमबार राति देखिको वर्षाका कारण अनुसन्धानमा समस्या भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईले बताए। वर्षाका कारण कुकुर छोड्न समस्या भएको उनले बताए। प्रहरीले अनुसन्धानलाई व्यापक बनाएर घटनामा संलग्नहरूको खोजी तीव्र पारेको उनले जानकारी दिए।

मादी-१ का कार्की परीवारको हत्या पैशाका कारण भएको हुन सक्ने देखिएको वडाध्यक्ष खेमनाथ कटुवालले बताए। प्रहरीको अनुसन्धान जारी रहे पनि परिवारका सदस्य र छिमेकीसँगको कुरा बुझ्दा झापामा घडेरी खरिदका लागि जम्मा गरेको पैशा लुट्नकै लागि हत्या भएको देखिन आएको उनले बताए। कटुवालले भने, ‘प्रहरीको अनुसंधानबाट केही निश्कर्ष निस्केला। तर, अहिलेसम्मको अध्ययनले त्यही देखाएको छ।’ प्रहरीले घर भित्रको अनुसन्धान गरेपछि केही तथ्य आउने उनले बताए। 

मृतकहरूको शव हत्या गरिएकै स्थानमा रहेको छ। प्रहरीले घटनास्थलको अध्ययनपछि शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याउने तयारी गरेको छ। 

मादी-१ का ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेज बहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको हत्या गरिएको अवस्थामा सोमबार बिहान स्थानीयले शव फेला पारेका थिए। 

७ जनाको परीवारमा बस्दै आएकामा ९३ वर्षीय बाबु बौद्धमान कार्की मात्र सकुसल छन्। उनी आँखा राम्रोसँग देख्दैनन् भने कान पनि राम्रोसँग सुन्दैनन्। उनले बिहान मात्र घटनाबारे थाहा पाएको बताएका छन्। साँझ ६ वजे खाना खाएर सुतेको उनले बताएका छन्। बिहान छिमेकीले भन्दा मात्र आफूले घटनाबारे थाहा पाएको कार्कीले बताएका छन्।

प्रकाशित: Sep 07, 2021| 09:39 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।