शनिबार, जेठ ४, २०८२

पूर्व मेयर शाक्यको निधन

ललितपुर महानगरपालिकाका पूर्व मेयर बेखारत्न शाक्यको निधन भएको छ ।
 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

काठमाडौं- ललितपुर महानगरपालिकाका पूर्व मेयर बेखारत्न शाक्यको निधन भएको छ ।

नेपाली कांग्रेसका नेता समेत रहेका पूर्वमेयर शाक्यको ८८ वर्षको उमेरमा आज (आइतबार) बिहान निधन भएको हो ।

२०४७ सालको राजनितिक परिवर्तनपछि शाक्य २०४९ सालमा ललितपुर उनगरपालिकाको पहिले मेयर बनेका थिए। आधुनिक ललितुर शहर बनाउन मेयर हुँदा शाक्यले ठूलो भूमिका खेलेका थिए।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शाक्यको निधनको खबरले आफूलाई अत्यन्तै दुःखी बनाएको बताएका छन्।

पौडेलले भनेका छन्, ‘पञ्चायतका कठोर दिनमा नेपाली कांग्रेसको संगठन निर्माण र प्रजातान्त्रिक आन्दोलनमा उहाँले महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो। विकासवादी नेताको निधनले देश र नेपाली कांग्रेस पार्टीलाई अपुरणीय क्षति भएको छ ।’

उनले शाक्यका शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

प्रकाशित: Feb 16, 2020| 11:53 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।