एजेन्सी । के तपाईं घरको सुरक्षा कसरी गर्ने भन्ने कुराले चिन्तित हुनुहुन्छ । यदि हुनुहुन्छ भने चिन्ता नलिनुहोस् किनभने तपाईंको घरको सुरक्षा अब स्मार्ट डोरबेलले गर्नेछ । बढ्दो टेक्नोलोजीले जहाँबाट भए पनि घरको सुरक्षा गर्ने स्मार्ट डोरबेल बनेपछि यो समस्या समाधान हुने भएको हो ।
व्यस्त समयमा घरमा को आयो भनेर हेरर बस्ने सम्भाव पनि हुँदैन । तर, एउटा यस्तो ग्याजेट निर्माण भएको छ, जसले यो समस्यालाई सहज बनाइदिएको छ । यहाँ यस्ता धेरै उत्पादन छन्, जुन घरको सुरक्षाका लागि प्रयोग गर्न सकिन्छ ।
तर, स्मार्ट डोरबेलले भने अलि फरक प्रविधि हो । यसको प्रयोग ढोकामा को आयो भनेर नजर राख्ने मात्र नभएर घरमा आएका व्यक्तिहरुसँग भिडियो कल गरेर कुरा पनि गर्न सकिन्छ ।
इन्टरनेट र स्मार्टफोनको युगमा धेरै कुरा स्मार्ट भइसकेका छन् । केही समयअघिसम्म घरमा ढोका खोल्ने र ताल्चा लगाउने विषयमा बहस हुन्थ्यो । प्रविधिले यस समस्यालाई समाधान गर्दै सजिलो बनाइ दिएको छ ।
स्मार्ट डोरबेल घण्टी बजाउनका लागि मात्र प्रयोग गरिँदैन । यसको सहयोगले घरको सुरक्षामा ध्यान दिन सकिन्छ । यसमा मोसन सेन्सर र नाइट भिजन टेक्नोलोजी जस्ता फ्ल्यागसिपलगायतका फिचरहरू छन् । यस्तै, अहिलेको अवस्थामा यस्ता डिभाइसहरूको विकल्पहरू पनि पाउन सकिन्छ तर घरको सुरक्षाका लागि भरपर्दो र राम्रो उपकरणहरू हुनु पनि उत्तिकै महत्वपूर्ण रहेको छ ।
स्मार्ट डोरबेलको विशेषता
यो डोरबेलको सहयोगले जहाँबाट भए पनि घरमा आउनेहरूलाई चिन्न सकिन्छ । यसमा नाइट भिजनको विशेषता छ । स्नाइडरको डोलबेलामा इंफ्रारेड लिड जडान गरिएको छ । जसले कम उज्यालोमा पनि काम गर्न सक्छ ।
डिवाइस ३२ जीबी स्टोरेज रहेको छ । यसलाई कनेक्ट गर्नका लागि फोनमा वाइसर फर इन्डिया एप डाउनलोड गर्नुपर्छ । यसको प्रयोगले जहाँबाट भएपनि घरमा के भइरहेको छ, सहजै देख्न सकिन्छ । यस्तै घरको ढोकामा आएका व्यक्तिसँग कुरा पनि गर्न सकिन्छ ।
कति छ मूल्य ?
स्नाइडर इलेक्ट्रिक वाईफाई स्मार्ट डोरबेल एमेजोन इन्डियामा २७ हजार २ सय भारतीय रुपैयाँ तोकिएको छ । तर, अहिले ९ हजार ९ सय ९९ भारतीय रुपैयाँमा पनि किन्न सकिन्छ । एपको एसबीआई कार्ड डिस्काउन्टसमेत पाउन सकिन्छ । यस डिभाइसकाे ईएमआई सेवासमेत उपलब्ध छ ।