काठमाडौं । खल्ती डिजिटल वालेटको ५२ दिनको “द बिगेस्ट पेमेन्ट जात्रा” अफरमा ५ लाखभन्दा बढी प्रयोगकर्ताले १ करोडभन्दा बढी संख्यामा कारोबार गरेका छन् ।
खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि “द बिगेस्ट पेमेन्ट जात्रा” आयोजना गरेको अफर आज सम्पन्न भएको छ । अफर जेठ १२ देखि असार ३२ सम्म सञ्चालन भएको थियो ।
डिजिटल भुक्तानीप्रति आकर्षित गर्ने उद्देश्यले खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि विभिन्न आकर्षक अफरहरू प्रदान गर्दै आईरहेको छ । यही क्रममा खल्तीले करोड बराबरको अफरको रुपमा “द बिगेस्ट पेमेन्ट जात्रा” आयोजना गरेको थियो।
यो अफरअन्तर्गत खल्ती प्रयोगकर्ताहरूले सहभागिता जनाई क्यासब्याक तथा थुप्रै उपहार प्राप्त गरेका थिए । जात्रा हरेक दिन १ बजेदेखि सुरु हुने फायर सेलअन्तर्गत २ लाखभन्दा बढी प्रयोगकर्ताहरू लाभान्वित भएका थिए । जसमा ५० प्रतिशतसम्म क्यास्ब्याक प्रदान गरिएको खल्तीले जनाएको छ ।
अफरको आकर्षक केन्द्रबिन्दुको रूपमा रहेको ३ वटा ‘बजाज प्लसर एनसी १६० एबीएसी’ तीन भाग्यशाली बिजेताले लकि ड्रमार्फत प्राप्त गरेका थिए । अफरमा सहभागिता जनाउने ७६ भाग्यशाली प्रयोगकर्ताहरूले पुरस्कार स्वरूप समग्रमा ७ वटा वान प्लसको ४३ इन्चको स्मार्ट टि.भी, १४ वटा स्मार्टफोन, ५२ वटा फ्लाइट टिकट १ रुपैयाँमा, ५२ वटा स्मार्ट ब्याण्ड लकि ड्रमार्फत प्राप्त गर्दा निकै खुसी व्यक्त गरेका थिए ।
खल्तीले बिजेता छनौट प्रक्रियालाई पारदर्शी बनाउनका लागि हरेक हप्ता फेसबुक लाइभमार्फत बिजेता घोषणा गर्दै आएको थियो । सातौँ हप्ताको लाइभमा खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले यो अफरमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहभागीता जनाउने सबैप्रति धन्यवाद व्यक्त गरेका थिए ।
आगामी दिनमा पनि डिजिटल भुक्तानीप्रति नेपालीलाई प्रोत्साहित गर्न खल्तीले थुप्रै रोमाञ्चक अफर र पुरस्कारहरु आफ्ना प्रयोगकर्तामाझ ल्याउने जनाएको छ ।