काठमाडौं– अविरल वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ। डुबानका कारण अरनिको राजमार्गमा यातायात सञ्चालनसमेत अवरुद्ध भएको छ। केही साना सवारीसाधन समेत डुबेको थियो। वर्षाका कारण जिल्लाका अन्य खोलामा पनि पानीको सतह बढेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।