काठमाडाैं । भिभोले हालै वाई संस्करणको स्मार्टफोन वाई-२० संस्करणको ४ जीबी प्लस ६४ जीबी भेरियन्टमा १ हजार ८ सय रुपैयाँले मूल्य घटाएको छ । कम्पनीले वाई-२० को नयाँ मूल्य २० हजार ९ सय ९९ रुपैयाँ तोकेको छ ।
सुलभ मूल्यमा उत्कृष्ट स्मार्टफोन खोजिरहेका ग्राहकहरूले अब स्लिम र ट्रेन्डी वाई-२० खरिद गरेर भिभोको उत्कृष्ट विशेषताहरू र प्रविधिहरूको आनन्द लिन सक्ने कम्पनीको भनाइ छ ।
वाई-२० मा १३ मेगापिक्सलको रिअर क्यामेरा, २ मेगापिक्सलको बोकेह क्यामेरा र २ मेगापिक्सलको म्याक्रो क्यामेरा भएको एआई ट्रिपल म्याक्रो क्यामेरा सेटअप छ ।
अपग्रेड गरिएको बोकेह प्रविधिसँग सुसज्जित, २ मेगापिक्सल बोकेह क्यामेराबाट प्रयोगकर्ताहरूले स्टुडियो गुणस्तरको तस्बिरहरू खिच्न सक्छन्। वाई-२० मा फेस ब्युटी, पीडीए टेक्नोलोजी, पोट्र्रेट लाइट इफेक्ट र फिल्टरहरूलगायत धेरै क्यामेरा विशेषताहरू पनि छन् ।
यसको साथै, वाई-२० मा ५ हजार एमएएच सुपर क्षमताको ब्याट्री र १० वाट फास्ट चार्ज प्रविधि छ। एआई पावर बचत टेक्नोलोजीको साथ एकपटक चार्ज गरेपछि २० घण्टासम्म फिल्म हेर्न वा १० घण्टासम्म गेम खेल्न सकिने कम्पनीको दाबी छ ।
साे फाेनमा ४ जीबी र्याम र ६४ जीबी रोम भएको यो स्मार्टफोन गेमिङ र फोटोग्राफीमा रुचि राख्नेहरूका लागि निकै उपयुक्त विकल्प हुन सक्छ । यसमा साइड-माउन्टेड फिंगरप्रिन्ट स्क्यानर पनि छ जसले प्रयोगकर्ताहरूलाई छिटो स्मार्टफोन अनलक गर्न अनुमति दिन्छ ।