काठमाडौं । एनसेल आजियाटाले आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएको छ ।
यो अफरले ग्राहकलाई १२५ रुपैयाँ पर्ने डेटा प्याक पुनः खरिद गरी आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ ।
यसअन्तर्गत ग्राहकले ७ दिनको समयसीमा रहेको ५ जीबी डेटा करसहित १२५ रुपैयाँमा खरिद गरी प्याकको समयसीमा सकिनुअघि नै सो प्याक पुनः खरिद गर्दा उही शुल्कमा ५ जीबीको सट्टामा १० जीबी डेटा प्राप्त गर्नेछन् ।
यो अफर असार २४ गते शुक्रबारबाट सञ्चालनमा आउनेछ एनसेलकाे भनाइ छ ।
समयावधि सकिनुअघि नै नयाँ प्याक लिएमा डेटा भोल्युम र समयावधि दुवै सोहीअनुसार थपिँदै जाने अफरको विषेशता हो । उदाहरणका लागि यदि कुनै ग्राहकले प्याक खरिद गरेको तीन दिनपछि सोही प्याक पुनः खरिद गरेमा नयाँ १० जीबी उसको बाँकी डेटा भोल्युममा जोडिन्छ र समयसीमा पनि बाँकी रहेको ४ दिन सहित ११ दिन हुन्छ । प्याक आवश्यकता अनुसार जतिपटक पनि पुनः खरिद गर्न सकिने छ भने कुल अधिकतम समयसीमा २८ दिन रहने छ ।
‘हामी आफ्ना ग्राहकलाई हाम्रो निरन्तरको प्रयास र नवीन सेवा मार्फत उत्कृष्ट सेवा अनुभव र यसको उचित मूल्य प्रदान गर्न प्रतिबद्ध छौं, ’ एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘आफ्नो डेटाको सीमा सकिने कुनै चिन्ता नगरी सुलभ डेटा सेवाबाट फाइदा लिन पाइने भएकाले नयाँ डबल मजा प्याकले ग्राहकलाई ठूलो महत्व राख्दछ ।’
एनसेलका ग्राहकले एस्ट्रिक १७१२३ एस्ट्रिक्स २२ ह्यास डायल गरि यो प्याक सजिलै सुचारु गर्न सक्छन् । ग्राहकले एनसेल एप, एनसेलको वेभसाइट र इसेवा, खल्ती, आईएमईपेजस्ता वालेटबाट पनि यो प्याक खरिद गर्न सक्छन् ।
यो अफरअन्तर्गत ल्याइएको प्याकले सुलभ दरमा डेटा सेवाको पहुँच प्रदान गदै ग्राहकलाई मूल्य प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
ग्राहकले यस अफर अन्तर्गत एनसेलको डेटा सेवाको फाइदा जहाँ र जहिले पनि लिन सक्ने बताएको छ ।