शुक्रबार, जेठ १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकको ४७ औं शाखारहित बैंकिङ सेवा मोरङकाे मृगौलियामा

सनराइज बैंकको ४७ औं शाखारहित बैंकिङ सेवा मोरङकाे मृगौलियामा

 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

काठमाडौं– सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ मोरङ्गको मृगौलियामा ४७ औं शाखारहित बैंकिङ्ग सेवाको सुरmवात गरेको छ । माघ ११ गते २०७६ शनिबार आयोजित एक कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका वडा नं २ का अध्यक्ष दोरीलाल चोेैधरी र सुन्दरहरैचा नगरपालिका सदस्य रामलाल गछधारले संयुक्त रुपमा उद्घाटन गरे ।

उक्त बैंकिङ्ग सेवाका प्रतिनिधि देव नारायण चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दैे शाखारहित बैंकिङ्ग सेवा संचालन भयो । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाइएको छ । यस सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाइएको छ।

प्रकाशित: Jan 27, 2020| 12:04 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्